ट्रकले कुल्चिएर गर्भवति महिला सहित बालिका ठहरै !

चालक र सहचालक घटना लगतै फरार भएको र उसको खोजी भईरहेको डिएसपी अर्यालले बताएका छन ।

२०७६ असार १ आइतबार
बिहान ०८:०४ बजे
Sanjay Sahani | Rauthat


न्यूज ब्यूरो, रौतहट ।  रौतहट स्थित ईटा बोकेको एउटा ट्रकले कुल्चिएर एकजना गर्भवती महिला र बालिकाको मृत्यु भएको छ ।

 


जिल्लाको कटहरियाबाट ईंट बोकेर गरुडा तर्फ जाँदै गरेको लु १ प ३५६४ नम्बरको ट्रकले कुल्चिदा गरुडा कटहरिया सडकखण्डमा पर्ने एसपिएल ईटाभठ्ठा  नजिक एक महिला र ६ बर्षिया बालिकाको मृत्यु भएको हो ।

 

मोटरसाईकलमा पछाडी बसीरहेकी उनकी  श्रीमती ४० बर्षिया गर्भवती सुुगन्धी देवी र ६ बर्षिया छोरी ट्रकको  चक्कातर्फ खस्दा दुुबैजनाको टाउको कुल्चिएर घटना स्थलमै मृत्यु भएको सशस्त्र प्रहरी अस्थायी बेशक्याम्प दुधियाभारका सशस्त्र प्रहरी निरिक्षक ओम ढकालले बताए ।

 

गौरबाट घरतर्फ जाँदै गरेको ना २१ प ४७ नम्बरको मोटसाईकलले ईटाभठा छेउमा ईटाबाकेको उक्त नम्बरको ट्रकले  मा्ेटरसाईकलसस्ँग साईड  खोजेको थियो । साईड लिनेक्रममा बाटोको खाल्डोको कारण  अनियन्त्रित भई  मोटरसाईकल ट्रकको  चक्कातर्फ ढलेपछि अप्रिय दुर्घटना हुन पुगेको थियो । 

 

मोटरसाईकल  ट्रकको चक्कातर्फ खसेपनी चालक  कटहरिया १ भसेढवाका दिलिप साह कानु भने अर्कोतर्फ खस्दा सकुशल रहेका छन । घटनालगतै मृतकका आफन्तहरुले दुुर्घटनामा परेका ट्कको सिसा ढुंगाले फुटाएर ट्रकमा आगजनी गरेका थिए ।

 

घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासले आगलागीबाट ट्रकको खासै क्षती हुन नसकेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन ।मृतक महिला गर्भवती हो होईन बारे पोष्टमार्टम रिपोर्ट आएपछी मात्र यकिनका साथ भन्न सकिने एसपी खत्रीले बताए । परिवारिक श्रोतका अनुसार मृतक महिला गर्भवति थिइन् । 

 

मृतक महिला र बालिकाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाईएको  र दुर्घटनामा परेका ट्रक ,मोटरसाईकल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसीराम अर्यालले जनाएको छ ।

 

ट्रकको चालक र सहचालक घटना लगतै फरार भएको र उसको खोजी भईरहेको डिएसपी अर्यालले बताएका छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७६ असार १ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus