यति एयरलाईन्समा लगेज झारेर यात्रु ओसारपोसार 

यात्रुहरुको बढदो चापबाट यति एयरले टिकट कालोबजारी गर्न थालेकोछ ।यहाँका यात्रुहरुलाई सहुलियत दरको टिकट कहिल्यै उपलब्ध गराइदैन् ।

२०७६ जेठ ३२ शनिबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो | नेपाल
Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम ।  यति एयर विमानस्थलमा ओर्लेपछि टिकट काटिने क्रम बढेसँगै यात्रुहरुको समान बिना स्वीकृती झार्न थालिएको छ ।

 

यति एयरका जीएसए स्नेहा ट्राभेल्सले यात्रुहरुलाई टिकट लिन विमानस्थलमा बोलाइने गरिएको र त्यहाँ अन्तिम समयमा चर्को मुल्यमा टिकट बेच्ने गरेको छ । जनकपुर–काठमाण्डु हाल यति एयरलायन्सको दुईवटा विमान उडान भरिरहेका छन् ।

 

भारतीय पर्यटक र नेपाली यात्रुहरुसित समेत यति एयरले मनपरी ढंगले भाडा असुल गरिरहेको छ । जनकपुरबाट उडेका यात्रु काठमाण्डु विमानस्थलमा समानका लागि लामो समयकुर्दा पनि समान फेला नपरेपछि ओभरलोडको कारण समान जनकपुर विमानस्थलमै छाडिएको जनाउ दिने गरिन्छ ।

 

जनकपुरबाट शुक्रवार १३ः५५ बजेको विमानमा काठमाण्डु गएकी एकजना महिलाको सबै समान जनकपुर विमानस्थलमा नै अफलोड गरेपछि यात्रु काठमाण्डुमा विचल्लीमा परेकी छन् ।


विमानमा २० किलो सम्मको समान यात्रुलाई निशुल्क ढुवानीको सुविधा छ ।तर यात्रुको समान झारेर प्राधिकरणको नियम विपरित थप यात्रु चढाउने गरिएको छ । जनकपुर–काठमाण्डु हाल बुद्ध एयरको ३ र यति एयरको २ गरी ५ वटा दैनिक उडान भइरहेका छन् । तर यात्रुहरुको चाप धान्न सकेको छैन् ।

 

यात्रुहरुको बढदो चापबाट यति एयरले टिकट कालोबजारी गर्न थालेकोछ ।यहाँका यात्रुहरुलाई सहुलियत दरको टिकट कहिल्यै उपलब्ध गराइदैन् ।

टिकट होल्ड गरेर यात्रुहरुलाई टिकट नरहेको झुठो जानकारीदिदै एयरपोर्टमा बोलाइन्छ ।विमानस्थलमा पुगेका यात्रुहरु मध्ये मोलजोल गरेर बढि रकम दिनेलाई टिकट बेच्ने र उनलाई उपकार गरिदिएको जस्तो देखाइन्छ ।


यता, एति एयरलाइन्सका जनकपुर सम्पर्क व्यक्ति (जिएसए) श्याम मुरारकाले एयरलान्समा ओभरलोड हुँदा लगेज झारेर भएपनि यात्रुलाई पठाउने तथा लगेजपछि पठाउने गरी व्यवस्था मिलाउनुपर्ने प्रावधान अनुरुप नै गरेको बताए । उनले समानको लागि अपपत्र परेकी महिलाको सम्बन्धमा कुराकानी गर्दै उनको समान बुद्ध एयरबाट पठाइदिने भनेको तथा लगेज झारेको सम्बन्धमा अघि नै जानकारी गराएको दाबी गरे । 


अलपत्र परेकी महिलाका छोराले यति एयरलाइन्स यात्रुप्रति गैर जिम्मेवार रहेको आरोप लगाए । उनले यात्रु पहिले लग्ने तथा समान झारेर पनि आफूहरुलाई जानकारी नगराउँदा काठमान्डौं एयरपोर्टमा अलपत्र परेको बताए । समान झार्दा पहिले नै जानकारी गराउनुपर्ने भएपनि आफूलाई जानकारी नगराएको प्रतिक्रिया दिए । 


विमानस्थलमा भइरहेको ठगी सम्बन्धमा स्थानीय प्रशासन, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका निकायहरुले कुनै चासो लिदैन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ जेठ ३२ शनिबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus