• २०७६ श्रावण १ गते, बुधबार
१२:२३ am

विश्वसामु चिनाउने दक्ष खेलाडी नगरबाट उत्पादन गर्छौं : मेयर यादव

प्रतियोगितामा नगरका विभिन्न सामुदायिक तथा निजी विद्यालयबाट छात्र तर्फ ८ र छात्रा तर्फ ५ गरी जम्मा १३ वटा टिम सहभागी छन् ।

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले विश्वसामु चिनाउने दक्ष खेलाडी नगरबाट उत्पादन गर्ने अठोट लिएको बताएका छन् ।

 

मिर्चैया नगरपालिकाको आयोजनामा मिर्चैयामा सुरु भएको नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मेयर यादवले नगर तथा सिंगो देशलाई नै चिनाउन नगरबाट दक्ष खेलाडी उत्पादन गर्न कसरत थालेको बताएका हुन् ।

 

खेलकूदप्रति रुची राख्ने नगरका युवाहरुलाई सक्षम एवं दक्ष बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा खेल्न सक्ने खेलाडी तयार गर्ने योजना लिएको मेयर यादवले जनाए । उनले नगरको सर्वागिंन विकासको लागि समेत खेलकूद महत्वपूर्ण अंग रहेको भन्दै यसलाई विशेष प्राथमिकताका साथ लिएर अगाडि बढेको सुनाए ।

 

प्रतियोगिताको उद्घाटन सत्रमा नगरप्रमुख यादवले जनतासँग गरेको संकल्प र वाचाको पूर्ण निर्वाह गर्ने विश्वास दिलाए ।

 

नगरका खेलाडीहरुलाई खेलकूदप्रतिको अभिरुचीसँगै खेलकूदको माध्यमबाट नै नगरको पहिचान र प्रतिष्ठा समेत बढाउने उदेश्यले नगर स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको उनले बताए ।  खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकाले तथा अन्य देशसँगको मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सकिने भएकाले खेलाडी देशका लागि शान्तिदुत भएको पनि बताए ।

 

 

मिर्चैयास्थित मोहन उमाविको प्रांगनमा उद्घाटन गरिएको एकदिने भलिबल प्रतियोगितामा नगरका विभिन्न सामुदायिक तथा निजी विद्यालयबाट छात्र तर्फ ८ र छात्रा तर्फ ५ गरी जम्मा १३ वटा टिम सहभागी छन् । सहभागी टिमहरु मध्ये छात्र र छात्राका प्रथम, दोश्रो र तृतीय टिम पुरस्कृत गरिनेछ ।

 

मेयर यादवले खेलमा निखारता ल्याउन खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै सम्बद्ध खेलका प्रशिक्षक तथा रेफ्रीलाई पनि दक्ष खेलाडी उत्पादनमा विशेष जोड दिन अपिल गरे । 

 

प्रतियोगिताको उद्घाटन सत्रमा नगरप्रमुख यादवले जनतासँग गरेको संकल्प र वाचाको पूर्ण निर्वाह गर्ने विश्वास दिलाए । सोही क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले नगर विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरे ।

 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगरप्रमुख श्रवण यादव सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पौडेल सहभागी थिए । त्यसैगरी, नगरका विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, बुद्धिजिवी, विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस