नेकपा परित्याग गरी दर्जनौ नेता कार्यकर्ता समाजवादीमा 

२०७६ जेठ २९ बुधबार
दिउसो १:३४ बजे
न्यूज ब्यूरो | नेपाल

 

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा पार्टी परित्याग गरी दर्जनौ बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

 


समाजवादी पार्टी नेपालका प्रदेश नं. २ का अध्यक्ष विजय कुमार यादवले नव प्रवेशीहरुलाई स्वागत गरी पार्टीको सदस्यता प्रदान गरेका हुन् । धनुषाधाम नगरपालिकामा बलियो पक्कड बनाएका नेकपामा दुःखी दनुवार सहित दुई दर्जन बढी नेता तथा कार्यकर्ताहरु उनकै नेतृत्वमा पार्टी परित्याग गरी समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

 


उनीहरुले नेकपाले आफ्नो सिद्धान्त बमोजिम काम नगरेको तथा काम गर्न पनि नदिएको आरोप लगाउँदै असन्तुष्ट भएर समाजवादी पार्टीमा प्रवेश गरेको प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवका स्वीकय सचिव अजय यादवले जानकारी दिए । मन्त्री यादव समाजवादी पार्टी नेपालका प्रदेश नं. २ का अध्यक्ष समेत हुन् । उनले पार्टी अध्यक्षको हैसियतले नव प्रवेशीहरुलाई अबिर माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

 


यसअघि पनि धनुषाधाम नगरपालिकाका विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु समेत पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका थिए । त्यसमा नाम कमाएका नेताहरु समेत विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेको जनाइएको छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७६ जेठ २९ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }