• २०७६ असोज ६ गते, सोमबार

SEE Result : कम्प्युटरमा डाटा ईन्ट्रीको काम हुँदै, प्रश्नपत्र आउटले रिजल्टमा ढिलाई 

प्रदेश नं. २ मा समाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परिक्षा रद्ध सहित विज्ञान विषयको परीक्षा समेत स्थगित गरिएको थियो ।

फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ।

 

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको जनाइएको छ । 

 


राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए। ‘प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि हामीलाई ८-१० दिन ढिला भयो,’ उनले भने, -‘त्योसँगै कर्मचारी समायोजनको कामले झन समस्या थपिदियो।’ परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको उनको भनाइ छ। उनका अनुसार अहिले कम्प्युटरमा डाटा इन्ट्रीको काम भइरहेको छ।

 


चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो। परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए।

 


प्रदेश नं. २ मा समाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परिक्षा रद्ध सहित विज्ञान विषयको परीक्षा समेत स्थगित गरिएको थियो । त्यसक्रममा विद्यार्थीहरुले आन्दोलन समेत चर्काएका थिए । प्रश्न पत्र आउट गर्ने दुई प्रहरी सहित ६ जना जेल चलान समेत भएका छन् । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...