नेता 'झा' सहित नेकपाका नेताहरु नगरपालिका घेराउ गर्दै, जनताद्धारा प्रतिकार गर्ने तयारी  !

जबरदस्ती विरोध गर्न आउनु र नगरपालिका कार्यालय घेराउ गर्न आउनु निजीगत राजनीतिक स्वार्थ मात्र भएको बताए । 

२०७६ जेठ २९ बुधबार
बिहान १०:३३ बजे
न्यूज ब्यूरो | नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका नेता रामचन्द्र झा सहित नेता एवम् कार्यकर्ताहरुले धनुषाको कमला नगरपालिका घेराउ गर्ने तयारी गरेपछि आम सर्वसाधारणहरुले प्रतिकार गर्ने चेताबनी दिएका छन् ।


विभिन्न ३ बुंदे माग राखी कमला नगरपालिका घेराउ गर्ने कार्यक्रम तय गरेपछि नेता झा र उनका कार्यकर्ता विरुद्ध नगरपालिकाका आम नागरिकहरु त्यसको प्रतिकार गर्ने चेतावनी दिइएको हो । केही दिन अघि नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै विकास निर्माणको कार्यहरुको प्रगति विवरण, उपभोक्ता समिति गठनको प्रक्रिया बारे जानकारी र प्रहरी चौकी स्थापना सहितको ३ बुंदे अघि सारेका थियो । 

 

ज्ञापन पत्र बुझदै नगरपालिकाका मेयर राम उदगार गोईतले सान्दर्भिक र जायज माग पूरा गर्ने आवश्वासन दिएपछि उनीहरुले बेतुका आन्दोलन गर्न लागेको मेयर गोईतको दाबी छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेकपाका नेता रामचन्द्र झाले नगरापालिका भित्र भईरहेको विकास निर्माणका कार्यहरु गुणस्तरीयहिन भएको, प्रहरी चौकी वडा नं. ३ को लगमा बजारमा स्थापना गर्नुपर्ने तथा वडा नं. ३ को कार्यालय पनि लगमा बजारमै स्थापना गर्नुपर्ने सहितको मागहरु अघि सारिएको जानकारी दिए । 

 

"नगरपालिका भित्र विभिन्न प्रकारले कानुन विपरित कार्यहरु भईरहेको छ । जनप्रतिनीधिहरुले ३ ३ लाखको गाडी चढदैछन् , झन मेयरले चारचक्के लाखौको गाडी चढदैछन् , अहिले उनीहरुको सवारी भन्दा पनि विकासको खाँचो थियो नगरपालिकालाई । बरु ईन्धन नगरपालिकाबाट लिए हुन्थयो, गाडी त सबै वडाध्यक्षहरुको छदैछ । त्यसमा पनि अहिलेसम्म २२ वटा सवारी खरिद गरिएको छ त्यो कस्को लागि ? यिनीहरुले नगरपालिकामा ब्रम्हलुट मच्चाएको छ, यस विरोधमा हामीले आज र भोली ३ घण्टा नगरपालिका कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छौं ।"- उनले भने । 


यस सन्दर्भमा कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादवले  उनीहरु विकास रोक्नको लागि यस्तो प्रक्रिया अपनाएको बताए । विकास विरोधी तत्वहरुलाई परिचालन गरेर केही स्वार्थको लागि हुन लागेको विभिन्न विकासलाई रोक्ने प्रयास गर्न लागेको प्रतिक्रिया दिए । उनले भने, - "यी सबै सेट गरिएको एजेन्डा हो, दलगत हिसाबले उनीहरुले विरोध गर्न लागेको छ । अब उनीहरु आएपछि उनीहरुको एजेण्डा के हो भनेर बुझेपछि मात्र केही भन्न सक्छु । यदि नगरपालिकामा कत्तै गुणस्तरीयहिन काम भईरहेको छ भने प्रमाण देखाउन चुनौति दिन्छु ।" 


यसैबीच, नगरपालिकाका मेयर राम उदगार गोईतले यति दिनसम्म कमला नगरपालिकामा विकास नभएपछि चुं पनि नबोल्ने ती कथित तत्वहरु आज विकास निर्माणको कार्य तीव्रता पाएपछि विकास विरोधी तत्व बनेर ओर्लिन लागेको बताए । उनीहरुको ज्ञापन पत्र बुझेर जायज माग पुरा गर्ने भनिएपनि जबरदस्ती विरोध गर्न आउनु र नगरपालिका कार्यालय घेराउ गर्न आउनु निजीगत राजनीतिक स्वार्थ मात्र भएको बताए । 

 

"उनीहरुले दिएको ज्ञापनपत्र अनुसार हामीले नगरपालिकाको गतिविधि सम्बन्धी कागजात, प्रमाणहरु उपलब्ध गराउन सक्छौं । हामी सूचना जति बेला पनि दिन सक्छौं त्यो आम नागरिकको पनि अधिकार हो र हामी दिंदै पनि आएका छौं यसमा कुनै दुईमत छैन । तर बाँकीका मागहरु प्रहरी चौकी लगमा बजारमै स्थापना गर्नुपर्ने, वडा कार्यालय पनि लगमा बजारमै स्थापना गर्नुपर्ने लगायतका मागहरु हामीले गर्ने सक्ने छैन । वडा कार्यालय कहाँ जान्छ त्यो नगरपालिकाको सरोकारको विषय होईन जहाँ भएपनि वडाभित्रै न हुन्छ । तर यसको लागि पनि प्रक्रिया छ प्रदेश सरकारबाट सिफारिस पास भएपछि मात्र वडा कार्यालय वा प्रहरी कार्यालय कुन ठाउँमा स्थापना गर्ने हो भनेर गरिन्छ । उनीहरुले मागेको कागजात हामी उपलब्ध गराउन तत्पर छौं ।"-  उनले भने । 

 

नेकपाका नेता तथा कार्यकर्ताहरु विकास देखेर मात्र विरोध गर्न आएको दाबी गर्दै एकवर्ष केही नबोल्ने उनीहरु नगरपालिकामा विकास निर्माणको कार्य तीव्र भएपछि विकास विरोधी तत्वको रुपमा उभिएर आउन लागेको आरोप मेयर गोईतले लगाए । उनीहरुले नगरपालिका कार्यालय घेराउ गर्ने भएपछि उनीहरुको विरोधमा आम जनताहरु समेत प्रतिकार गर्ने कार्यक्रम राखेको भनेर सुनेको मात्र सुनाए । 

 

यता, विहान ११ बजेपछि उनीहरुको नगरपालिका घेराउ कार्यक्रम रहेको भन्दै त्यसको प्रतिकारमा आम जनताहरु ओर्लने बुझिएको छ । कमला नगरपालिकामा हुन लागेको विकासलाई रोक्नको लागि उनीहरुले घेराउ गर्न लागेको भन्दै आफूहरु प्रतिकारको तयारी गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७६ जेठ २९ बुधबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus