• २०७६ असार ४ गते, बुधबार
०२:२७ pm

गायक शर्माको 'मेरी गर्लफ्रेण्ड' बजारमा आउँदै 

गीतको रेकर्डिंग सम्पन्न भएकोे जनाउँदै उनले एक महिनाभित्रै यस गीतको भिडियो सुट गरेपछि बजारमा ल्याइने जानकारी दिए । 

 

न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली तथा नेपाली गिती एल्बममा आफ्नो स्वर दिंदै आएका युवा गायक रंजित कुमार शर्माको 'मेरी गर्लफ्रेण्ड' शिघ्र नै बजारमा आउने भएको छ । 

 


दर्जनौ गीति एल्बममा आफ्नो स्वर दिएका गायक शर्माले मेरी गर्लफ्रेण्ड बोलको नेपाली भाषाका गीतको रेकर्डिंग सम्पन्न गरेका छन् । गत आईतबार काठमान्डौंको ओमोनिफोनिक्स रेकर्डिंग स्टुडीयोमा गीत रेकर्ड गरी रिलिजको लागि तयारी भईरहेको बताइएको छ । 

 


शर्माको स्वर रहेको उक्त गीतलाई रामहृदय र गजेन्द्र (गज्जु) ले शब्द दिएका छन् भने रामरेश कापर त्यसमा संगीत भरेका छन् । संगीत संयोजनमा ओम सुनार तथा रेकर्डिंग र मिक्सींगमा संजय श्रेष्ठले सहयोग गरेको जानकारी गायक शर्माले न्यूज ब्यूरोलाई दिए । 

 


विभिन्न गीति एल्बमहरुमा आफ्नो सुमधुर स्वर सजाएका गायक शर्मा जनकपुरको परिचित गायकको रुपमा चिनिएको छ । मैथिली भाषाको गीतबाट आफ्नो करियर सुरुवात गरेका गायक शर्माले भोजपुरी, हिन्दी, नेपाली भाषाको गीतलाई समेत निरन्तरता दिएर दर्शकमाझ लोकप्रिय हुँदै गएका छन् । 

 


गीतको रेकर्डिंग सम्पन्न भएकोे जनाउँदै उनले एक महिनाभित्रै यस गीतको भिडियो सुट गरेपछि बजारमा ल्याइने जानकारी दिए । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस