• २०७६ असोज ६ गते, सोमबार

कमला नगरपालिकामा विकास निर्माणको अनुगमन तीव्र, कुन योजनामा कति बजेट ?

मापदण्ड अनुसार दुवैतर्फको प्रोटेक्सन वालमा २.५ फिट बटम लेभल दिएको दाबी गरे । 


न्यूज ब्यूरो, जनकपुरधाम । चालु आर्थिक वर्ष २०७५/७६ सम्पन्न हुन लाग्दा धनुषा कमला नगरपालिकामा विकास निर्माणको कार्यहरुको अनुगमन तीव्र पारिएको छ । 

 

कमला नगरपालिकाकी उप प्रमुख शिला देवी मण्डलको संयोजकत्वमा गएको अनुगमन टोलीले नगरपालिकाको वडा नं. ४, ३ र २ को विकास निर्माणको कार्यक्रमहरुको अनुगमन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले दिएको जानकारी अनुसार नगरपालिकाको वडा नं. ४ को लागि अनुगमन टोलीले योजनाहरुको अनुमगन गरेका छन् ।

 

सो क्रममा वडा नं. ४ मा सम्पन्न विभिन्न योजनाहरुको मुवायना गरिएको हो । वडास्तरीय बजेटबाट वडा नं. ४ साधारमा स्थापित हिन्दुहरुको देवी दुर्गाकी मन्दिरको कम्पाउण्ड वाल, डिहबार थान निर्माण र बिनटोलीमा निर्माणधीन समुदायिक भवन (दलान) निर्माण कार्य सम्पन्न भएपछि अनुगमन गरिएको हो । 

 


नगरपालिकाका ईन्जिनीयर लखनदेव यादव सम्मलित टोलीले उक्त योजनाहरुको अनुगमन गर्दै कार्य कुशलतापूर्वक सम्पन्न गरिएको बताएका छन् । सम्पन्न भएको विभिन्न योजनाहरुको सम्बन्धमा ईन्जिनीयर यादवले रिपोर्ट तयार गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश यादव समक्ष बुझाएपछि मात्र योजना सम्पन्नको घोषणा हुने बताईएको छ । 

 

लगमा-हथमुण्डा सडक निर्माणमा अनुगमन टोली अनुगमन गरी रिपोर्ट बनाउँदै 


न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत यादवले भने, -"आजदेखि हामी कमला नगरपालिकाको विभिन्न ठाउँमा परेको योजनाहरुको अवस्था बारे अनुमगन सुरु गरेका छौं । प्रथम दिन वडा नं. ४ मा विभिन्न योजनाहरुको अनुगमन गरेका छौं । डिहबार थान निर्माणको लागि ५ लाख रुपैयाँ, दुर्गा मन्दिरको कम्पाउण्ड वाल निर्माणको लागि पनि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ र यी योजनाहरु भौतिक रुपमा सम्पन्न गरिएको पाईएको छ । यस्तै, त्यही रहेको बिनटोली भन्ने ठाउँमा समुदायिक भवन जुन अधुरो थियो त्यसको छत ढलानको लागि पनि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो र त्यो योजना पनि सम्पन्न गरिएको पाइएको छ । अब कागजी रुपमा मापदण्ड अनुसार कार्य भएको नभएको बारेमा रिपोर्ट पेश भएपछि अन्य प्रक्रिया अगाडी बढाइनेछ ।"

 

कमला नपा ३ लगमाको लिलाबती थानको लागि पक्की सडक बन्दै ।


अधिकृत यादवले वडा नं. ४ को योजना अनुगमनको क्रममा करिब ५० प्रतिशत योजनाहरु सम्पन्न भएको दाबी गरेका छन् । कार्यपालिका सदस्य राजो देवी दास, वडा नं. ७ का वडाध्यक्ष तपेश्वर यादव, योजना शाखा प्रमुख चन्द्र प्रकाश यादव सम्मलित टोलीले कमला नगरपालिका वडा नं. २ बिजुलियाको पाखैर(त्रिकोणात्मक बाटो जहाँ जनकनन्दी गाउँपालिकाको वडा नं. ४ खजुरी प्रवेश हुन्छ ) देखि मानपट्टिसम्मको बाटोमा प्रोटेक्सन वालको योजना समेत सम्पन्न हुने तरखरमा रहेको जानकारी दिए । 

 


वडा नं. २ को ती पाखैरदेखि वडा नं. ३ मानपट्टि लगमा हुँदै वडा नं. ७ हथमुण्डासम्मको १५ किलोमिटरको बाटोमा दुवै तर्फ प्रोटेक्सन वालको योजना रहेको बताउँदै मानपट्टिसम्म ५ किलोमिटरसम्म ३० लाख तथा लगमादेखि हथमुण्डासम्मको लागि बजेट विनियोजन गरिएको जानकारी दिए । मापदण्ड अनुसार दुवैतर्फको प्रोटेक्सन वालमा २.५ फिट बटम लेभल दिएको दाबी गरे । 


यसका साथै नगरस्तीय योजनामा वडा नं. ३ लगमामै स्थापित लिलाबती थानको मन्दिरसम्म पक्की बाटो निर्माणको लागि ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै आजदेखि निरन्तर रुपमा अनुगमनमा जाने बताए । अधिकृत यादवका अनुसार, बुधबार वडा नं. ६ र ७ मा विभिन्न योजनाहरुको अनुमगन गरिनेछ । आगामी आर्थिक बर्षमा कमला नगरपालिकाले मुहार फेर्न अधिकृत यादवले दाबी गरे । 
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...