कमला नपामा लैंगिक हिंसा विरुद्ध आत्मरक्षा तालिम 

२०७६ जेठ २७ सोमबार
रति ९:४१ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, धनुषा । धनुषाको एक विद्यालयमा लैंगिक हिंसा विरुद्ध आत्मरक्षा तालिम सुरु गरिएको छ ।

 

धनुषाको कमला नगरपालिका वडा नं. १ मंगराहा टोलको ईश्वरवाडा सामुदायिक विद्यालयमा लैंगिक हिंसा विरुद्धको आत्मरक्षा सम्बन्धि विद्यालय स्तरीय तालिम सुरु गरिएको हो । कमला नगरपालिकाका मेयर राम उदगार गोईतले सो कार्यक्रमको उदघाटन गरेका हुन् ।


 जनता माध्यमिक विद्यालय मङ्गराहा ईश्वरबाडामा लैङगिक हिंसा विरुद्धको आत्मरक्षा सम्बन्धि विद्यालय स्तरीय तालिमको उदघाटन गर्दै मेयर गोईतले लैंगिक हिंसा विरुद्ध सबैले एक जुट भए यसलाई न्यूनिकरण गर्न सकिने बताए । उनले लैंिगिक हिँसा अन्त्य नभएसम्म नगरको विकासमा समेत अवरोध भईरहने बताए । 


विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार पासवानको अध्यक्षता एवम नगर प्रमुख गोईतको प्रमुख आतिथ्यमा उक्त तालिमको उदघाटन गरिएको हो । स्थानीय जनप्रतिनीधिबीचको विवाद साम्य भएपछि कमला नगरपालिकामा अहिले विकास निर्माणका कार्यहरु गति लिएको छ । 

 

सो अवसरमा नगरकी उपमेयर शीला देवि मण्डल ,जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक अखिलेश कर्ण, भरत यादव, ग्रामीण विकास केन्द्र धनुषाका अध्यक्ष श्री प्रसाद यादव, बिजय ठाकुर, अनिल यादव लगायतका उपस्थिती थियो।


सो कार्यक्रमलाई सुनिल कुमार यादवले संचालन गरेका थिए । विस्तारै शिक्षा क्षेत्रलाई समेत कमला नगरपालिकाले विकासको तर्फ लगिरहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७६ जेठ २७ सोमबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus