• २०७६ असोज ६ गते, सोमबार

'शहिदनगर समृद्ध र नमुना नगरपालिका' : सिडिओ कनेल 

खेलकूदको मार्फतबाट सिँगो नगरको नाम राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उच्च पार्न सक्ने बताए । 


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले शहिदनगर नगरपालिका समृद्धिको नजिक रहेको बताएका छन् ।

 

सोमबारदेखि शहिदनगरको यदूकुहामा सुरु भएको धनुषा "जिल्ला फुटबल लिग-२०७६" को उद्घाटन सत्रमा उनले प्रदेश नं. २ कै सन्दर्भमा धनुषाको शहिदनगर नगरपालिका समृद्धिको नजिक रहेको तथा नमुना नगरपालिकाको रुपमा वृति विकासतर्फ उन्मुख भएको बताएका छन् । 

 


जिल्ला फुटबल संघ धनुषाको आयोजना तथा शहिदनगर नगरपालिकाको समन्वयमा सोमबारदेखि सुरु भएको जिल्ला फुटबल लिगको उदघाटन गदैै उनले नगरपालिका हरेक क्षेत्रमा हात बढाएकोले आम जनताले विकासको लागि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

 

 

उनले भने,- "स्थानीय तह गठन भएको भर्खर दुई बर्ष भएको अवस्था छ । स्थानीय जनप्रतिनीधिहरु कानुनको शेपमा आउँदैछन र विकासको लागि पाठहरु सिक्दैछन् । यस्तो अवस्थामा कमै उमेरमा तपाईहरुको नगरको कार्यभार सम्हालेका नगर प्रमुख उदय बरबरियाले तपाईहरुको र नगरपालिकाको सर्वागिंन विकासको लागि पाईला चाल्नुभएका हुन, उहाँसँग तपाईहरु पनि हातोमालो गरेर नगरेको वृति विकासलाई मूर्तरुप दिई एक असल नागरिकको परिचय दिन सक्नुहुन्छ ।" 

 

प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेल र नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले सँयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर खेलको उदघाटन कार्यक्रमलाई शुभारम्भ गरेका थिए । 

जिल्लामै भन्दा पनि शहिदनगर नगरपालिकाले प्रमुख अँगहरुमध्ये अधिकांश बढी अँगमा सफलता हाँसिल गरेको बताउँदै नगरको शिक्षा, स्वास्थ्य, यातायात र अन्य क्षेत्रमा पनि पूर्णताको नजिक रहेको औल्याए । नगरको सर्वागिन विकासको लागि खेलकूद पनि एक महत्वपूर्ण अंगको रुपमा रहेको जनाउँदै उनले खेलकूदको मार्फतबाट सिँगो नगरको नाम राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उच्च पार्न सक्ने बताए । 

 

फुटबल लिगमा सुरक्षा प्रदान गर्ने हेतु ईलाका प्रहरी कार्यालय यदूकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) भीम बहादुर खडका र शसस्त्र प्रहरी बल यदूकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) किश्मान तामाँगले लिग चल्नेसम्म सुरक्षा चुनौतिलाई मध्यनगर गर्दै कडा सुरक्षा प्रदान गर्ने प्रतिवद्धता जनाए । 

शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको अध्यक्षता एवम् सिडिओ कनेलको प्रमुख आतिथ्यमा भएको लिगको उदघाटन कार्यक्रममा उपस्थित विभिन्न निकायका विशिष्ट अतिथिहरुले लिगको सफलताको शुभकामना मनतव्य राखेका थिए । सो क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख शेखर खनाल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक राजु पाण्डे, उपमेयर शिला देवी कापर र नेपाली सेना जनकपुरका क्याप्टन संतोष साह, जिल्ला फुटबल संघ धनुषाका कार्यवाहक अध्यक्ष सुरेश शर्माले शुभकामना मनतव्य सहित खेलकूदको महत्व बारे प्रकाश पारेका थिए । 

 


धनुषा जिल्ला फुटबल लिगको उदघाटन सत्रमा बोल्दै मेयर उदय कुमार बरबरियाले आफू नगरका जनतासँग गरेको संकल्प र वाचाको पूर्ण निर्वाह गर्ने बताए । नगरपालिकाको सर्वागिंन विकासको लागि खेलकूद पनि अति महत्वपूर्ण अंग रहेकोले खेलकूदमा समेत नगरका खेलाडीहरुलाई गुणात्मक हिसाबले दिग्गज बनाउने प्रण ठानेको बताए । 

 

 

उनले भने, - "म यो नगरपालिकाको कार्यभार सम्हालेको बेला सपथ खाएको थिए की नगरको जनताको विकास , सुरक्षाप्रति पूर्ण सचेत रहनेछु । नगर विकासको लागि शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी, सडक निर्माण लगायत अन्य कार्यहरुलाई तीव्रता दिएर निकट भविष्यमै एक समृद्ध नगरको रुपमा चिनाउने छौं र म त्यही अनुरुप कार्य गरिरहेको छु । राजनीतिक उतारचढाव बेग्लै कुरा हुन सक्छ तर म आफ्नो नगरको जनताप्रति पूर्ण वफादार भएका काम गर्दै आएका छु र रहनेपनि छु । केही दिन अगाडी मात्र हामीले उपमेयर कप सँचालन गरेर नगरपालिकाको विभिन्न वडाबाट २५ जना खेलाडीहरु छनौट गरेको कसैबाट लुकेको छैन । आज जिल्ला फुटबल संघले हामीसँग समन्वय गरेर लिग सँचालन पनि हाम्रै नगरपालिकामा आयोजना गर्नु हरेक तवरले फाईदाजनक छ ।" 

 

 

लिगको उदघाटन खेल महाबीर स्पोर्टस क्लब खजुरी चन्हा र न्यू जनशक्ति युवा क्लब हडबाराबीच भएकोमा हडबारा टिम विजयी हाँसिल गरेको हो । शहिदनगर नगरपालिका वडा नं. ६ हडबाराले १ ० गोलान्तरले महाबीर स्पोर्टसलाई पराजित गर्न सफल भएका छन् । खेलको क्रममा मँगलबार दोस्रो दिन भोलिको खेल संन्युत युवा क्लब बिरेन्द्रबजार खक बन्देबी युवा क्लब बटेश्वर २ सितापुरबीच दिउँसो ३ः०० बजेदेखि सुरु हुने प्रतिष्पर्धा हुने जिल्ला फुटबल संघका कार्यवाहक अध्यक्ष सुरेश शर्माले जानकारी दिए । 

 

लिगको उदघाटन कार्यक्रममा नगरपालिकाको ९ वटै वडाका वडाध्यक्ष, नगरपालिकाका आईटी अफिसर रामदेव यादव, सचिव, कम्युटर अपरेटर, लेखा अधिकृत लगायत आम सर्वसाधारणको मोटो उपस्थिति रहेको थियो । 


 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...