• २०७६ असोज ६ गते, सोमबार

धनुषाका यी वडाध्यक्ष नै विजुली चोर, ५४ हजार जरिवानापछि रिहा !

५४ हजार रुपैयाँ जरिवाना गरेको नेपाल बिधुत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाका कार्यालय प्रमुख राजकुमार रमनले पुष्टि गरे । 


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक स्थानीय तहका वडाध्यक्ष विद्युत चोरी गरी चलाएको खुलासा भएको छ । 

 

धनुषाको सबैला नगरपालिका वडा नं. ७ मटही टोलका  वडाध्यक्ष रामदेव सहनीलाई विद्युत अफिसरहरुले विद्युत चोरीको आरोपमा मिटर नियन्त्रण लिई जरिवाना लिएर छाडिएको जनाइएको छ ।  वडाध्यक्ष सहनीलाई  शनिवार नेपाल बिधुत प्राधिकरण सखुवा महेन्द्रनगरको शाखाबाट खटि गएको छडके टोलिले छडकेको क्रममा विद्युत मिटरबाट तार हटाएर डारेक्ट जडान गरि चलाईरहेको अवस्थामा पाइएपछि मिटर नियन्त्रणमा लिइएको थियो ।  

 

प्राधिकरणबाट खटिएको ती टोलिले बिधुत चुहावट गरिरहेको सहनिको घरबाट मिटर खोली जरिवाना गरेका छन। मिटरको शिल तोडेर बिधुत चुहावट गर्दै आइरहेको सहनिलाइ ५४ हजार रुपैयाँ जरिवाना गरेको नेपाल बिधुत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाका कार्यालय प्रमुख राजकुमार रमनले पुष्टि गरे । 

 

सहनिको घरबाट विद्युतीय  मिटरमा शिल नभएपछी अनुसन्धानको लागि बिधुत प्राधिकरण लगेर मिटर चेकजाँच गरि मिटर ठिक रहेको तथा शिल भांचिएको भएकोले बिधुत चुहावट गर्ने गरेको भन्दै जरिवाना गरेका हुन् ।

 

उनले भने, -"वडाध्यक्षकै घरमा चुहाबट देखिएको थियो । तर त्यस बखत वडाध्यक्ष भने घरमा थिएनन् । हामीले मिटर नियन्त्रणमा लिएर जरिबानापछि छाडेका हौ । यतिको जति युनिट खपत हुनुपर्ने त्यति नदेखिन आएपछि हामीले बक्सा चेक गरेका थियौ र चेक गर्दा मिटरको शिल फोडिएको पाइएपछि थप अनुसन्धान गर्दा मिटरबाट नचलाएर चुहाबट गरिरहेको पाइएपछि मिटर लिएर ५४ हजार जरिबाना गरी छाडिएको थियो ।" 

 


प्राधिकरणका प्रमुख रमनका अनुसार मिटरको रिडिङ्ग ठिक रहेको रहेपनि स्थानियका अनुसार वडाध्यक्ष सहनी लामो समयदेखि बिधुत चुहावट गरिरहेको बताइएको छ। यता, वडाध्यक्ष सहनीले  मिटरको तार जलेको हुँदा मिटर खोलेर लगिएको प्रतिक्रिया दिएका छन् ।

 


न्यूज ब्यूरोसँग कुराकानी गर्दै वडाध्यक्ष सहनीले भने, - "म बाहिर थिए, मेरो बुवा बुढो कसरी कसरी चलाएका थिए । चलाउने ज्ञान नभएकोले त्यस्तो भएको थियो तर तुरुन्तै मिटर फिर्ता गरिदिएको छ प्राधिकरणले । चोरी गरेको हैन, केही समस्या थियो मिटरमा त्यही चेकजाँचको लागि लगिएको थियो । मिटरमा कम युनिट खपत भएको भनेर ठिक गर्नको लागि मिटर लगेको थियो र चेकजाँचपछि फिर्ता गरिदिएको छ । अन्य केही छैन ।" 

 

प्राधिकरणले निजलाइ जरिवाना गरेको बताएपनी वडाध्यक्ष सहनिले जरिवाना नलागेको र घरमा पुनः बिधुत मिटर जडान गरिदिएको दाबी गरेका छन।


 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...