• २०७६ असोज ५ गते, आइतबार

धनुषाको शहिदनगरमा 'जिल्ला फुटबल लिग-२०७६' हुँदै, भिडदैछ यी दिग्गज टिमहरु  

जेठ २७ गतेदेखि सुरु हुने धनुषा जिल्ला फुटबल लिगमा धनुषा जिल्ला भरिका १० वटा दिग्गज फुटबल टीमहरुले सहभागीता जनाउने भएको छ ।


न्यूज ब्यूरो, जनकपुरधाम । विकासको मामिलामा प्रदेशमै सबभन्दा अग्र मानिएको धनुषाको शहिदनगर नगरपालिकामा अहिले खेलकूद क्षेत्रलाई बलियो बनाउन कसरत थालिएको छ । 

 

विभिन्न क्षेत्रमा बलियो हुँदै गरेका शहिदनगरमा खेलकूदबाट नगरपालिकाको नाम देशस्तरमा चिनाउने उदेश्यले धनुषा जिल्ला फुटबल लिगको आयोजना गरिएको हो । शहिदनगर नगरपालिकाको समन्वय तथा जिल्ला फुटबल संघ धनुषाको आयोजनामा धनुषा जिल्ला फुटबल लिग २०७६ को आयोजना गरिने भएको छ । 

 

शनिबार बसेको वृहत बैठकबाट शहिदनगरको यदुकूहामा जिल्ला फुटबल लिग सँचालन गर्ने निर्णय गरिएको हो । धनुषा जिल्ला फुटबल संघका कार्यबाहक अध्यक्ष सुरेश ठाकुरको अध्यक्षता एवम् नगर प्रमुख प्रमुख (मेयर) उदय कुमार बरबरियाको विशेष आतिथ्यमा बसेको बैठकबाट विभिन्न प्रस्तावहरु उपर छलफल गर्दै विभिन्न निर्णयहरु गरिएको हो । 

 

खेल संचालनको लािग धनुषा जिल्लाको १८ वटै स्थानीय तहलाई जानकारी गराउने निर्णय गरिएको हो । शहिदनगर नगरपालिकाको समन्वयमा संघले अन्य नगरपालिकाहरुसँग समन्वय गरी भविष्यमा पनि समन्वय गर्ने निर्णय गरिएको हो । 

 

बैठकबाट खेलको उद्घाटन खेलको लागि शहिदनग नगरपालिकाको मेयर उदय कुमार बरबरिया (यादव) लाई अध्यक्षता एवम् धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई प्रमुख आतिथ्यको रुपमा आमन्त्रण गरिने निर्णय समेत गरिएको हो । यसका साथै संघका अध्यक्ष एवम् मेयर बरबरियाको सँयुक्त समन्वयमा अन्य अतिथिहरुलाई समेत डाकिने भएको छ । 

 

जेठ २७ गतेदेखि सुरु हुने धनुषा जिल्ला फुटबल लिगमा धनुषा जिल्ला भरिका १० वटा दिग्गज फुटबल टीमहरुले सहभागीता जनाउने भएको छ ।

खेलको दौरान हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नगर प्रमुख बरबरियाकै सँयोजकत्वमा ३ सदस्यीय सुरक्षा उप समिति समेत चयन गरिने निर्णय गरिएको हो । जसको सँयोजकमा बरबरिया, सदस्यमा ईलाका प्रहरी कार्यालय यदूकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) भीम बहादुर खडका, सशस्त्र प्रहरी बल यदूकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) किश्मान तामाँग रहने भएको हो । 

बैठकबाट निर्णय गरिएको अन्य उपसमितिहरुमध्ये मेडिकल सुविधाको लागि शम्भुनाथ यादव, रेफ्री समितिको अध्यक्षतामा भोगेन्द प्रसाद यादव, अनुशासन समितिमा जिल्ला फुटबल संघका उपाध्यक्ष राजदेव प्रसाद साहको अध्यक्षतामा ५ सदस्यीय अनुशासन समिति गठन गरिने भएको छ । साहको सँयोजकत्वमा गठन गरिने सो समितिको सदस्यहरुमा फुटबल संघ धनुषाका सदस्य राम केबल मुखिया, हरिशंकर पासवान, निरञ्जन गोईत र विकाउ राउतलाई चयन गरिने भएको हो । 

 

यसका साथै लिगमा प्राविधिक सहयोगको लागि संघका प्रशिक्षक प्रकाश अर्यालको सँयोजकत्वमा उपसिमिति बनाईने जनाइएको छ । लिगको लागि बनाइने मूल समितिको सँयोजकमा संघका अध्यक्ष ठाकुर तथा सदस्यहरुमा मेयर बरबरिया सहित कल्याण खडका, तपेश्वर राउत, अच्युत्तम कुमार बराललाई चयन गरिने भएको हो । 

 

लिग सँचालनको लागि आवश्यक पर्ने आर्थिक कारोबारको लागि संघका अध्यक्ष ठाकुरकै सँयोजकत्वमा ३ सदस्यीय उप समिति गठन गरिने भएको छ । जसको कोषाध्यक्षमा मुरारी राज उपाध्याय र सदस्यमा प्रेम अधिकारीलाई चयन गर्ने निर्णय गरिएको हो । 

 

यस्तै, लिगको प्रचार प्रसार तथा मिडिया कवरेजको लागि सँतोष सिँहको सँयोजकत्व दिइएको हो । यसमा लिगको नियमिति समाचार तथा प्रचार प्रसारको लागि विभिन्न मिडिया मार्फत प्रचार प्रसार गर्ने जिम्मा दिने भएको छ । 

 

जेठ २७ गतेदेखि सुरु हुने धनुषा जिल्ला फुटबल लिगमा धनुषा जिल्ला भरिका १० वटा दिग्गज फुटबल टीमहरुले सहभागीता जनाउने भएको छ । लिगको उदघाटन खेलमा महाबीर स्पोर्टस क्लब खजुरी र न्यू जनशक्ति युवा क्लब शहिदनगर भिडने आयोजकले जनाएको छ । असार १६ गते लिगको फाइनल खेल हुने ट्राईसिट बनाइएको हो । 

 

शहिदनगर नगरपालिकाले नगरपालिकाबाट २५ जना खेलाडी छनौट गरी प्रदेशस्तरीय प्रतिस्पर्धामा जुधाउने भनेर केही दिन अघि मात्र खेलाडी छनौट गरेको थियो । नगरपालिकाकै सहयोगमा उपमेयर कपको आयोजना गरी २५ जना खेलाडी छनौट गरिएको थियो । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...