• २०७६ असार ४ गते, बुधबार
०२:५८ pm

'नेपाल जस्तो देशलाई विकास गर्न धेरै समय लाग्दैन्, उत्पादनमा ध्यान दिन जरुरी छ'

नेपाल जस्तो देशलाई विकास गर्न धेरै समय लाग्दैन्, सरकारले यसरी हिड्यो भने थोरै समयमा नेपाल समृद्ध देश बन्न पुग्छ ।

नेपालमा सरकारले अहिले ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’ भन्ने नाराका साथ आफ्नो हरेक बजेट कामहरु गरिरहेको छ । सरकारका धेरै कार्यक्रमहरु बिकास लक्षित भनि चलिरहेको बिभिन्न माध्यमबाट हामीहरुलाई थाहा भैरहेको हुन्छ । नेपाल देशमा कैयांै पटक सरकार परिवर्तन भए, सबै राजनितिक दलहरुले बिकासलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन्, उनिहरु जनतासँग कैयौ बाचा गरेर आएका हुन्छन्, तर पुरा भने गर्न सक्दैनन् किन ? नेपाल देशलाई किन बिकास गर्न सकेका छैनौ हामी ? यो बिषयमा सरकार वा भनौ सम्बन्धित निकायहरुले गम्भिर भएर किन सोचेका छैनन्, विश्वब्यापि  बजारहरुमा हामी नेपालको उत्पादन किन पुगाउन सकिरहेका छैनौ ? किन नेपाली उत्पादन कम भयो ?

 

यी यस्ता विषयहरुमा राज्यले नेपालको हरेक गाउँ गाउँमा किन छलफल वा भेला गर्न सक्दैन ? नेपाल एसियाको दुई महान ठुला विकसित राष्टहरुको विचमा अवस्थित छ । तर पनि फाईदा किन लिन सकिरहेको छैन ? किनकी यसको मुलकारण हामी नेपालमा रहेका स्थानीय स्रोत साधानहरुलाई सहि ठाँऊमा उपयोग गर्न नजानेर हो । नेपाल जस्तो देशलाई विकास गर्न धेरै समय लाग्दैन्, किनकी नेपालमा रहेका स्थानिय समानहरुलाई उत्पादन मुखि बनाउने, त्यहाँ रहेका बेरोजगार युवाहरुलाई बढि उत्पादनशिल क्षेत्रमा काम गर्न लगाउने, नेपालमा रहेका कृषि ब्यवसायलाई टेक्नोलोलीको माध्यमबाट सबै किसानहरुलाई सहुलियतमा प्रोत्साहन गर्नुका साथै बिदेशी लगानीकर्ताहरुलाई अवसर दियो भने समयमै नेपाल देश बिकासमा परिवर्तन हुन्छ ।

 

अहिलेका अर्थ मन्त्रिको सायद भिजन यही होलाकी स्थानिय स्तरमा रहेका हाम्रा कच्चा पर्दाथलाई प्रयोग गरि नयाँ कुराहरु उत्पादनले देशको लागि ठुलो योगदान हुन सक्छन् । तर त्यसको लागि स्थानिय स्तरमा रहेका सबैभन्दा छिटो प्रतिफल दिन सक्ने कृषि क्षेत्रलाई राज्य आफैले किसानहरुसँग सिधा सम्पर्कमा रहि उनिहरुले उत्पादन गरिरहेका कच्चा पदार्थ, दुध, धान , गहु , मकै , आदीलाई  अत्याधुनिक टेक्नोलोजी प्रयोग बिधि अपनाउनका खातिर प्रशिक्षण तालिम , उनिहरुलाई समयमै  सिचाईको ब्यवस्था मल खाद्य उपल्बध गराउने काम गर्न सक्नु पर्छ र तिनीहरुले उत्पादन गरेका समानहरुलाई  राज्यले आफै किन्ने बेच्ने काम गर्यो भने यो क्षेत्रबाट ठुलो मात्रामा सफलता प्राप्त गरि  देशको अर्थतन्त्र मजबुद गर्न सकिन्छ । 

 

अर्को कुरा हाम्रो देशमा ठुलो मात्रामा बेरोजगार युवाहरु छन यसमा कोही शिक्षित होलान त कोही अशिक्षित होलान् र बेरोजगारहरुको जमात दिन प्रति दिन बढ्दै गैरहेको देखिन्छ । यि बेरोजगार युवाहरु युवतीहरुलाई सानो काम देखि लिएर ठुलो काममा राज्यले उचित पारिश्रमिक दिएर आफनै देशको बाटो घाटो , खोला नाला , खेति किसानी , आदी क्षेत्रमा परिचालन गरेर बिकासलाई उचित गति दिन सकिन्छ भने अर्को तिर हामी युवाहरु जो ब्यवसाय गर्न खोजेका छन उनिहरुलाई शुन्य प्रतिशतमा पैसा उपलब्ध गरायो भने विकास किन हुदैन ? यही नेपाली  युवाहरु जो खाडी मुलुकहरुको ठुल्ठुला भवन , बाटोघाटो , होटेल  , क्यासिनो आदी बनाएका छन उनिहरुले आफनो देशमै राज्यले अलि कम पैसा दिएपनि कसो काम नगर्लान् ।  

 

राजनितिक दलहरुले युवाहरुलाई आफनो पार्टीको झण्डा बोकाउनु भन्दा उनिहरुलाई यता  रोजगार मुलक सिपहरु जुन सानो सानो कुराहरु ह्ुन्छन जस्तै मोबाईल , टेक्नोलोजी , गाउ घरमा रहेका खाली जग्गाहरुलाई पार्क बनाउने , जुत्ता सिलाउनेहरुलाई ब्वस्थीत गरि उनिहरुको पेसालाई ब्यवसायमा बदल्ने , जस्तै कि यहा युरोयिन देशहरुमा यहा हरेक  नागरिकहरु  क्ुनै कामलाई सानो ठुलो मान्दैनन् उनिहरु सबै काम गर्छन लाज मान्दैनन् , यहा जातपातको आधारमा विभेद  आदी कहि कतै मैले सुनेको छैन , राज्यले उनिहरुलाई काम गर्नका लागि फ्रि गरिको छ  , उनिहरुले जुनसुकै  ठाउमा काम गरेपनि समाजिक सुरक्षाको रुपमा रोजगारदाता कम्पनी वा होटल रेष्टुरेन्ट आदीहरुले उनिहरुले गरिहेको पारिश्रमिकबाट काटेर राज्यलाई बुझाउछ । यो पैसा फेरि यही युवाहरु बु्ढेशकाल लागेपछि उनिहरुलाई पेन्सनको रुपमा उपलब्ध गराउने गर्छ । 

 

युवाहरुले ब्यवसाय गर्न चाहेका जुनसुकै बैकंले उनिहरुको गर्न खोजेको ब्यवसायलाई मुल्याकंन गरि निरब्याजपैसा उपलब्ध गराउने गर्छन जसबाट यहाका युवाहरुमा आफनो राज्य प्रति वाफादार रहन प्रोत्सहान हुन अभिप्रेरित हुन्छन । उता हामी हेरौ आफनै छिमेकी देश चिनले दुनियाको दोस्रो ठुलो अर्थतन्त्रमा ठुलो योगदान पुगाउदै कत्ति छिटो बिकास गरिरहको छ  , चिनका हरेक जनताहरु काम गर्छन , उनिहरुले विदेशमा बनेका हरेक समानहरु  किन्छन र त्यो समान कसरी बन्यो भनेर पुरा हरेक पार्टहरु खोल्छन अनि ती पार्टहरु आफनो देशमा बनेका छन कि नाई भनि खाजतलास गरि जस्ताको त्यस्तै समानहरु बनाउनमा पछि पर्देनन् , अर्को कारण सरकारले पनि ठुला ठुला बैदेशिक मोबाईल कम्पनीहरु, उत्पादन शिल कम्पनिहरुलाई आफनो देशमा लगानी गर्न प्रोत्सान गर्छ र कामदार जत्ति सबै उसको आफनै नागरिकहरु ह्ुन्छन  र त चिनका जनताहरु आफनो राज्यप्रति वफादार भएर काममा भरोश गरिे उत्पादन क्षेत्रमा बढि लगाव राख्छन । 

 

अर्को कुरा  के हो भने नेपालबाट हरेक बर्ष लगभग हजारौ नेपाली युवायुवती हरु बैदेशिक अध्ययनका शिलशिलामा बिदेश गैरहेका छन , उनिहरुले आफनो अभिभावकसगं बैदेशिक अध्ययनका नाममा दशौ लाख खर्चीएर अध्ययन गर्न आउछन , मान्नुस एक जना विद्यार्थीले पाच देखि सात लाख रुपैया बिदेशमा रहेका विश्वविद्यालयल ,कलेजहरुमा पठाउछन भने हरेक ६ महिनामा कत्ति विद्यार्थी बैदेशिक शिक्षाका नाममा कत्ति पैसा नेपाल बाहिर आउछ ?

 

यो कुरा तपाईहरु शिक्षा बिभागबाट पत्ता लगाउन सक्नुहुन्छ , जहा सम्म मेरो अनुभव छ हरेक ६ महिनामा नेपालबाट युरोपियन देशहरुको कलेज , विश्वविद्यालयहरुमा हजार भन्दा बढि   विद्यार्थीहरुले लगभग करोडौ युरो पठाउछन , यो पैसा नेपाल भन्दा बहिर आउछ त्यो सगै हाम्रो देशको जनशक्तिहरु पनि बाहिरीन्छन  सरकाले यो बैदेशिक अध्ययनका नाममा रहेका एजेन्टहरुलाई बन्द गरि राज्यले नै एउटा राम्रो भरपर्दो माध्यमबाट उच्च शिक्षा लिनेहरुको लागि काउन्सेलीग गर्ने निकाय खडा गर्यो भने केही हदसम्म विदेशमा गैरहेका यो पैसा रोक्न सकिन्छ । 


      
नेपाली उत्पादनलाई विश्वबजारीकरण गर्नका लागि अहिले नेपाल बाहिर रहेका सबै नेपालीहरुलाई राज्यले उनिहरुको कला शिक्षा ज्ञानलाई प्रयोग गर्दै नेपाली उत्पादनलाई जो जहा नेपालीहरु बस्छन सबैलाई पर्यटन दुतको रुपमा दर्जा दिदै उनिहरुलाई नै आफनो प्रोडक्ट लाई बिक्री बितरण गर्न लगाउन सछ । किनकी युरोपीयन देशहरुमा अहिले नेपाली कम्पनीहरु मध्ये एक मात्रै चौधरी ग्र्पको चाउचाउ बिक्री हुदा यहा रहेका प्रायः नेपालीहरु बजारबाट किने उपयोग गरेको मैले देखेको छु । यो युरोपियन देशमै उत्पादन भएको कारणले गर्दा ब्यपार  पाएको होला तर युरोप अमेरिका , क्यानाडा आदी देशहरुमा हाम्रा छिमेकी देशहरुले उत्पादन गरेका साना साना समान जस्तै मसला , दाल , चामल , अदुवा , लहसुन , तेल ,मह , घ्यु , खसीको मासु आदी समानहरु निर्यात गर्छन भने चिनले सानो सियो फुड , मोबाईल देखि लिएर   टेक्नोलोजिका समानहरु निर्यात गरेर धनी भैरहेका छन । यहाका बजारहरुमा हरेक नेपालीहरुले एसियन खाना वा भनौ एसियन समान भनेर सबैले किन्छन र किन्न लगाउछन । 

 

त्यसकारण राज्यले मैले माथि भने अनुसार कृषिमा बढि लगानी गरेर नेपाली उत्पादनलाई निर्यात गर्नका नेपाली युवाहरुकै प्रयोग गर्न सक्यो भने नेपाल बिकास हुन बेर लाग्दैन । किनकी हामी अहिले युरोपमा बसोबास गर्ने प्रायः नेपालीहरु आफनो देशको माटो वा अरु चिज देख्यो कि जत्ति सुकै महगो किन नहोस किन्न आतुर हुन्छौ ।  अर्को कुरा नेपालमा बैदेशिक लगानी गर्नका  लागि राज्यले बैदेशिक कम्पनीहरुलाई उचित सुरक्षा , कर प्रणाली , आदीमा सुधार ल्याउन जरुरी छ । भने नेपालमा होटल , रात्रीकालिन क्लब , रेस्टुरेन्ट आदी हरेक शहरहरुमा खोल्नका लागि युवा जमातहरुलाई प्रोत्साहन गर्न सक्यो भने सच्चिकै अबको केही बर्षमा नेपाल बिकास पनि हुन्छ र सबै नेपालीहरु रोजगारी पाएपछि सुखि पनि हुनेछन , त्यसको लागि हामीहरु जस्ता हरेक नेपालीहरु सहयोग गर्नका लागि आतुर छौ ।

 

साथै नेपाल सरकारले देशका बेरोजगार युवाहरु विश्व बजारमा काम गर्न पठाउनु भन्दा बरु नेपाली युवा किसानहरुले उत्पादन गरेका कपडा , समानहरु विश्वबजारमा ब्यपारीकरण गर्न हामी सबै नेपाली जो जहाबाट छौ सबै तयार हुन जरुरी छ । सरकारमा रहेका र राज्य संचालन गरिरहेका राजनितिक दलहरुले बिकासको मुद्धामा एक भएर देशमा रहेका हरेक युवाहरुलाई पक्षपात नगरिकन सबैलाई रोजागारी श्रृजना गरि देशलाई विश्व जगतमा चिनाउनका खातिर लाग्न जरुरी छ । 

 

साथै राज्यले शिक्षाका नाममा बिदेशमा गैरहेका पैसालाई रोक्नका लागि उचित कदम चाल्नुपर्ने हुन्छ । किनकी, त्यो रकम आफ्नै देशमा लगानी गर्यो भने ती युवा युवतीहरु कमसेकम रोजगारी पाउन सक्छन् । अर्को कुरा के हो भने राज्यले उत्पादन क्षेत्रमा बढि लगानी गर्नुपर्ने हुन्छ, उत्पादन बढ्यो भने त्यसलाई ब्यपारिकरण गर्न खासै समय लाग्दैन ।

दिनेश प्रसाद गौतम

(हाल युरोप)

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस