• २०७६ असोज ५ गते, आइतबार

दलित बस्ती बाटो प्रकरण : मिर्चैया–सिरहा सडकखण्ड बन्द !

निकास दिन पटकपटक सम्बन्धित निकायमा गुहार गर्दापनि केहि सुनवाई नगरेको भन्दै चक्काजाम गरिएको हो ।

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया–कल्याणपुर–सिरहा सकडखण्ड अन्तर्गत डुमरीमा चक्काजाम गरी सडक अवरुद्ध गरिएको छ । 

 

कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरीमा स्थानीय युवा तथा महिलाहरु सडक अवरुद्ध पारेका हुन् । पर्खाल खडा गरेर बन्द गरिएको डुमरी पासमान बस्तीको बाटो नखुलाइएपछि उनीहरु सडकमा ओर्लेका छन् ।

 

लामो समयदेखि हिड्दै आएको बस्तीको एकमात्र बाटोमा बर्खाल ठडिएपछि निकास दिन पटकपटक सम्बन्धित निकायमा गुहार गर्दापनि अहिलेसम्म केहि सुनवाई नगरेको भन्दै चक्काजाम गरिएको हो ।

 

सो बस्तीका दलितहरुले बस्ती बसाउनुअघि जग्गा खरिख गर्दा जग्गा धनीले दिएको बाटोमा अहिले एक स्थानीयले आफ्नो दावी गर्दै पर्खाल खडा गरिदिएको छ । यस सम्बन्धमा पटकपटक सम्बन्धित निकायमा गुहारेपनि आश्वासन मात्र दिने गरेको तर, वास्ता नगरेको उनीहरुको दुखेसो छ ।

 

आफूहरुको पहुँच नभएकै कारण कसैले नसुनेपछि सडकमा उत्रिन बाध्य भएको उनीहरुको भनाई छ । जाम गरेपछि करिब २ घण्टासम्म सडक अवरुद्ध भएको थियो । चक्काजामका कारण आवागमन बन्द भएपछि बाटो खुलाएको ईप्रका कल्याणपुरका सय हिरा यादवले जानकारी दिए । उनीहरुलाई आईतवार नगरपालिकाको कार्यालयमा बोलाइएको छ ।

 

करिब ८ वर्षअघि उनीहरु स्थानीय देवनारायण यादवसँग जग्गा खरिद गरेर बस्ती बसाएका थिए । जग्गा खरिद गरेपछि उनीहरुको आवतजावतका लागि ५ धुर क्षेत्रफलको १० फिट बाटो दिइएको थियो ।

 

गाउँब्लक अन्तर्गतको उक्त बाटोको जग्गा उपर पहिलेदेखि नै दुईपक्षबीच विवाद थियो । तर, समाजका भद्रभलाद्मीले बसेर दुबै पक्षको सहमतिमा त्यसलाई बाटोको रुपमा कायम गरेका थिए । लामो समयदेखिको बाटोमा अचानक स्थानीय लरुवत्ति यादवले आफ्नो दावीसहित पर्खाल लगाएका हुन् ।

 

पीडितहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएपछि निकास दिन त्यहाँबाट नगरपालिकालाई पत्राचार गरिएपनि नगरपालिकाले आश्वासन मात्र दिएको तर, चाँसो भने नलिएको उनीहरुको गुनासो छ ।

यस प्रकरणको प्रथम समाचार :

दलित बस्तीको बाटोमा पर्खाल खडा गरेर बाटो नै कब्जा, दलितको बिचल्ली !

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...