• २०७६ असार ४ गते, बुधबार
०३:२१ pm

भोजपुरी सुपरस्टार 'निरहुआ' र 'आम्रपाली' जनकपुरमा !

महेन्द्रनगर तताउन जनकपुर आईपुगेको तथा केही बेरमै महेन्द्रनगर पुग्ने आयोजक समितिले जनाएको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको महेन्द्रनगरमा आयोजना हुन लागेको क्षीरेश्वर साँस्कृतिक कार्यक्रमको लागि भोजपुरी सिने जगतका सुपरस्टारहरु  दिनेश लाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे जनकपुर आईपुगेका हुन् ।
 


धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनग स्थित आजैका लागि (जेठ २५) आयोजना गरिएको क्षीरेश्वर साँस्कृतिक कार्यक्रमको लागि भोजपुरी सिने जगतका सुपरस्टार निरहुआ र चर्चित नायिका आम्रपाली दुबे महेन्द्रनगर तताउन जनकपुर आईपुगेको तथा केही बेरमै महेन्द्रनगर पुग्ने आयोजक समितिले जनाएको छ । 

 

धनुषाको महेन्द्रनगरमा 'निरहुआ' र 'आम्रपाली' दुबे सहित दर्जनौ सुपरस्टार आउँदै 


उनीहरुका साथै आज १२ बजेदेखि हुने सो साँगितिक कार्यक्रममा मैथिली गायक चर्चित सन्नु कुमार, निशा दुबे, चाँदनी सिँह, अभिनेत्री जोया, नेपाली गायक सुजन तिमिल्सीना, गायक राधा मोरिया र अनिल यादवले समेत महेन्द्रनगर तताउने भएको छ । उनीहरुको टिम समेत महेन्द्रनगर केही बेरमा आईपुग्ने जनाइएको छ । 

 

महेन्द्रनगर स्थित रहेको होटल मिथिला दरबारको आयोजनामा आज (शनिबार) हुने साँस्कृतिक कार्यक्रमको तयारी पुरा भईसकेको छ भने आजै दिउँसो १२ बजेदेखि नै साँस्कृतिक कार्यक्रम सुरु हुने आयोजकले जनाएका छन् । कार्यक्रममा भने  प्रवेशको लागि १ हजार र १५ सय रुपैयाँको टिकट दर समेत तोकिएको छ । 

 

टिकटको लागि महेन्द्रनगर, बटेश्वर र ढल्केवरमा स्थान तोकिएको हो । महेन्द्रनगरको लागि होटल मिथिला दरबार र दुधमति एफएम, बटेश्वरको लागि अजय पान भण्डार र सुनिल ईलेक्ट्रोनिक्स तथा ढल्केवरको लागि विवेक हार्डवेयर स्टोर्स तोकिएको हो । 


निरहुआ, आम्रपाली लगायत अन्य कलाकारहरुको लागि सुरक्षा व्यवस्था समेत मिलाइएको आयोजक समितिले जनाएको छ । उनीहरुको सुरक्षा तथा कार्यक्रमलाई सौहार्द वातावरणमा सँचालन गर्नको लागि नेपाल प्रहरीको पनि सुरक्षा रहने जनाइएको छ । निरहुआ र आम्रपाली दुबेको जोडी भोजपुरी सिने जगतमा सबभन्दा बढी मन पराउने जोडी हुन । 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस