मदन भण्डारी स्पोट एकेडेमी काठमाडौ फाइनलमा 

२०७६ जेठ २४ शुक्रबार
बिहान ०९:५३ बजे
चन्दन रौनियार


न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको भलुवामा जारि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको बिहीवार भएको दोश्रो सेमीफाइनल खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौं फाईनलमा प्रवेश गरेको छ । 

 

चारतारे क्लब लेटाङ मोरङलाइ ४–१ फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको छ । खेलको पहलो हाफको १६ औं मिनेट र ३८ औं मिनेटमा सुसिल लामा र अजित गुरुङले मदन भण्डारी स्पोट एकेडेमीका तर्फबाट गोल गरेका थिए भने दोश्रो हाफको ५४ औ मिनेट र ६९ औं मिनेटमा मदन भण्डारी स्पोट एकेडेमीका यानिक ओवानाले २ गोल गर्दै आफ्नो टिमलाइ फाइनलमा पुगाए । 

 


चारतारे क्लब लेटाङ मोरङका राजिव लोकचनले दोश्रो हाफको ८१ औ मिनेट सान्तवना १ गोल गरे । खेलमा मदन भण्डारी स्पोट एकेडेमीका जर्सि नम्बर १० सुसिल लामा म्यान अफ दि म्याच घोषित भए ।

 


  नगद ५ हजार र मेडल प्राप्त गरे । शनिवार फाइनल खेलमा संयूक्त यूवा क्लब सिमरीया र मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौं बिच उपाधिकालागि प्रतिस्पर्धा हुने आयोजकका टुनामेन्ट संयोजक दिनेस बिस्वासले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७६ जेठ २४ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }