• २०७६ असार ४ गते, बुधबार
०२:३९ pm

पशु अधिकारको लागि पनि उठन थाल्यो आवाज 

सकाहारी बन्नुस् आफनो शरिर पनि स्वस्थ हुन्छ र बली र पशु हिसां न्यूनिकरण हुने झाको भनाई थियो ।


न्यूज ब्यूरो, रौतहट । रौतहट, बारा र पर्सा सहितको जिल्लमा पशु अधिकारको पक्षमा आवाज उठन थालेका छन् । 

 

पशुलाई एउटा प्राणीको रुपमा सहज व्यवाहार गर्नुपनेर्, पालेको पशुलाई ठिक समयमा खानापानी, हेरचाह, स्याहारसुसार, औषधी उपचार गर्नुपर्ने छाडा पशुलाई निर्दयि तरिकाले हेला टचर र शारिरीक यातना दिन नहुने, शारिरीक रुपमा अशक्त छाडा पशुलाई गौशाला या विभिन्न पशु संरक्षण तथा पशु स्यहार केन्द्रमा लगेर छाड्नुपर्ने, खास गरी बलि रोक्ने, बली दिनै परे सहजै तरिकाले बली दिने, ढुवानी गर्दा शारिरीक कष्ट नहुने हिसाबले ढुवानी गर्ने जस्ता कुरा अहिलेको ठूलो आवश्यकता र ठूलो धर्म हो भन्दै केही संस्थाहरु लगायत वुद्धिजिवीहरु अन्तरक्रिया र विभिन्न कार्यक्रम गरी पशु अधिकारको पक्षमा आवाज उठान थालेका हुन् ।

 


 पशु कल्याण संघ नेपाल र रौतहट सहित मधेस मै चर्चित संस्था माण्डवीले पशु अधिकार सम्बन्धी विचार गोष्ठी, अन्तरक्रिया कार्यक्रम गरी स्थानीय वुद्धिजिवी पत्रकार विभिन्न धर्म संग सरोकार राख्ने व्यक्ति विशेष संग समझदारी र सहकार्य गरी पशुको हक अधिकारलाई कुण्ठित हुन नदिन निकै लगन र मेहनतका साथ लागि परेका देखिन्छ । 

 

यसै बिच वितेको जेष्ठ १७ गते रौतहटको गौरमा भएको अन्तरक्रियामा बोल्दै केही अभियनताले पशुको पक्षमा उभिएर आ–आफनो विचार व्यक्त गरे । यस अभियानले मंसिर मसान्त देखि सुरु हुने गढीमाई मेला हुने पशु बली, पशुलाई दिने टचर, शारिरीक, मानसिक यातनामा ठूलो सुधार आउने ह्युमन सोसाईटि इन्टरनेशनलका कोर्डिनेट्र तनुजा श्रेष्ठले विश्वास व्यक्त गरिन । 

 


 पशु पनि मानव जस्तै प्राण भएका प्राणी हुन फरक यती मात्र छ कि मानव बोल्छ तर पशु बोल्दैन, त्यस कारण पशुलाई माया गर्न, अनावशयक टचर नदिई मानवताको परिचय दिन सबैमा अपिल गरे । 

 


त्यसै गरी कार्यक्रममा बोल्दै पशु कल्याण संघका अध्यक्ष स्नेहा श्रेष्ठले आफूहरु कतिपय ठाँउमा कुकुर, छाडा साढे, गाई , गोरु बाट हैरान परेशान भइ उनीहरुलाई मार्ने तथा शारिरीक यातना दिई भगाउने कार्य अति निन्दनीय र दुखदायि भएको दुखेसो पोखिन । श्रेष्ठले छाडा पशु चौपायालाई संमरक्षण गर्न विभिन्न संघ संस्थाले पहल थालि रहेको बेला तिनीहरुलाई विभिन्न संघ संस्था संग सम्पर्क गरी त्याहा छाड्न सहयोग गर्नुपर्ने अपिल गरिन् । 

 

उहाँले आफनो संस्थाले कुकुरहरुको बन्धयाकरण, छाडा पशुको स्यहार सुसार गर्ने गरिरहेको बताउदै देशको विभिन्न स्थानमा स्थानीय निकायको सहयोगमा पशु संरक्षण केन्द्र खोलिनु पर्ने माग गरिन् ।

 


 अर्का वक्ता माण्डवी रौतहटका निर्देशक अन्जु झाले माछा मासु त्यागेर साकाहारी बन्ने सोच बनाउन सबैलाई अपिल गरेका थिए । सकाहारी बन्नुस् आफनो शरिर पनि स्वस्थ हुन्छ र बली र पशु हिसां न्यूनिकरण हुने झाको भनाई थियो ।

 

 माण्डवीका अध्यक्ष अपर्णा झाको अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वयन समितिका सभापति रामएकवाल यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर, शस्त्र प्रहरी उपरिक्षक कुष्ण ढकाल सहित सयकडौं वुद्धिजिवीले पशु हिसां न्यूनिकरणका लागि आवाज उठाउने प्रतिवदता जाहेर गरेका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस