• २०७६ असार ४ गते, बुधबार
०२:२७ pm

अब शहिदनगरकी किशोरीलाई कसैले हात लाउने हिम्मत गर्दैन': मेयर बरबरिया 

सेल्फ डिफेन्स तालिमको लागि किशोरीहरु उत्साहित देखिएकी थिइन । 


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा किशोरीहरुलाई "सेल्फ डिफेन्स" (छात्राहरुको लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम) अनुशासन तालिम सुरु गरिएको छ । 

 

समाजमा भईरहेको विभिन्न अपराधसँग लडनको लागि नगरपालिकाका छात्राहरुलाई आत्मरक्षा हेतु सेल्फ डिफेन्स तालिम सुरु गरिएको नगर प्रमुख उदय कुमार बरबरियाले जानकारी दिएका छन् । शहिदनगर नगरपालिका द्वारा बिधालयकी छात्राहरु स्वास्थ्यको लागि "खेलकूद, राष्ट्रको लागि खेलकूद"- मुल नाराको साथ "महिला हिँसा विरुद्ध हाम्रो संकल्प , खेलकूदमा महिला सहभागिता उतम बिकल्प" नारासहित छात्राहरुको लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । 

 


नगरपालिका भित्र रहेको मावि महुलिया, जनता ईकाई मावि यदूकूहा र मावि धबौलीका छात्राहरुलाई आत्मरक्षाको लागि पहिलो दिन प्रशिक्षण गरिएको हो । उनीहरुलाई सेल्फ डिफेन्स तालिमको मूलधारमा ल्याउनको लागि प्रथम दिन अनुशासन सम्बन्धी जानकारी गराइएको हो । एक महिनासम्म उनीहरुलाई आत्मरक्षाको लागि तालिम प्रदान गरिनेछ ।

 


न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले समाजमा बढदै गएको महिला उपरको हिँसा, अपराधहरुलाई रोकथाम तथा उनीहरुको आत्मरक्षाको लागि पनि तालिम प्रदान गरिदैछ । काठमान्डौंबाट जुडो कराँतेका प्रशिक्षक आएर उनीहरुलाई सेल्फ डिफेन्स सम्बन्धी तालिम दिइने छ । सेल्फ डिफेन्स तालिमपछि किशोरी तथा महिलाहरु उपर हुने अपराधजन्य घटनाहरु न्यून हुने विश्वास छ । 

 

छात्राहरुलाई करांतेमा ख्याती प्राप्त गरेका प्रशिक्षक बैद्यनाथ यादवले उनीहरुलाई एक महिनासम्म सेल्फ डिफेन्स सम्बन्धी तालिम दिनेछ । 

 

बलात्कार, हत्या हिँसा जस्ता घटनाहरुको शिकार किशोरी एवम् महिलाहरु हुने गरेको बताउँदै उनले नगरकी छात्राहरुलाई मात्र पनि सेल्फ डिफेन्सको तालिम दिन सके उनीहरु यस्ता प्रकृतिका घटनासँग सहजै जुध्ने साहस र हिम्मत पलाउने दाबी उनले गरे । उनले भने, - "छात्राहरुलाई सेल्फ डिफेन्सको लागि उनका अभिभावकहरुले पनि सहमति जनाएका छन् । सँस्कार र सँस्कृतिले नै बाँधिएको कारण गाउँ समाजमा हुने विभिन्न प्रकारको महिला उपरको घटनालाई मूर्तरुप दिन सफल भएको देखिएको छ । यसबाट माथि उठेर उनीहरुले सेल्फ डिफेन्स तालिम अपनाएपछि परिस्थितिसँग जुध्ने क्षमताको विकास हुनेछ ।" 

 

 

प्रथम दिन यी तीनवटै विद्यालयमा पुगेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, कम्प्युटर अपरेटर विष्णुदेव यादव, शसस्त्र प्रहरी बल यदुकूहाका इंस्पेक्टर किस्मान तमांग , ईलाका प्रहरी कार्यालय यदूकूहाका इंस्पेक्टर भीम बहादुर खड्का लगायतले किशोरीहरुको लागि सेल्फ डिफेन्सको आवश्यकता र प्रभावकारिताबारे प्रकाश पारेका थिए । प्रहरी नीरिक्षकद्धयले तालिममा सहभागी किशोरीहरुलाई सेल्फ डिफेन्सको क्रममा चाहिने र अपनाउनुपर्ने संयमता तथा अनुशासनबारे सिकाएका थिए । 

 

काठमान्डौंबाट प्रशिक्षक टोली आएपछि नगरपालिकाको विभिन्न विद्यालयहरुमा किशोरीहरुको लागि सेल्फ डिफेन्स तालिम गराउने जानकारी दिइएको छ । सेल्फ डिफेन्स तालिमको लागि किशोरीहरु उत्साहित देखिएकी थिइन । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस