• २०७६ श्रावण ४ गते, शनिबार
०२:१६ am

काठमाडौंमा रौतहटका मियाँ कुट्ने सहचालकले अन्ततः भेटेर मागे माफी !

गएराति काठमाण्डौंमा बस सहचालकले मियाँलाई निर्घात कुटपिट गरेका थिए ।

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौंमा प्रदेश २ रौतहटका अमरुल मियाँ उपर कुटपिट गर्ने सहचालकले अन्ततः माफी मागेका छन् । गएराति काठमाण्डौंमा मियाँमाथि कुटपिट गरेका सहचालक उपर प्रहरीमा उजुरी दर्ता गरिएपछि उनी माफी मागेका हुन् ।

 

आज दिउँसो पीडितले मधेशी अगुवाहरुको अगुवाईमा महानगरीय प्रहरी बृत सातदोबाटोमा सहचालक विरुद्ध उजुरी दर्ता गरेपछि सहचालकले भेटेर गलती स्वीकार गरेको र आईन्दा यस्तो गलती नदोहोरिने भनी माफी मागेको राष्ट्रिय विद्यार्थी संघका अध्यक्षसमेत रहेको युवा अगुवा चिरञ्जिवी यादवले जानकारी दिए ।

 

सहचालकले पीडित मियाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने समेत जिम्मा लिएको छ । बा. ३ ख. ३४४८ नम्बरका बस सहचालकले मियाँलाई निर्घात कुटपिट गरेका थिए । 

 

उनी उपर कुटपिट भएको घटना बाहिरिएपछि समाजिक संजाल तातेको थियो भने कुट्नेलाई कारवाहीको चौतर्फी माग भइरहेको थियो । तर, सहचालकले आफै भेटेर उपचार खर्च ब्यहोर्ने जिम्मा लिँदै गलती स्वीकार गरेपछि उनलाई माफी दिइएको हो ।

 

किन भयो कुटपिट ? 


काठमान्डौं महानगरमा जहाँ पनि साँझको समयमा सार्वजनिक यातायातमा अत्यधिक भीड हुन्छन् । दिनभरि काम सकेर साँझ आ आफ्ना घर जाने तथा बजारबाट पनि घरतर्फ जाने यात्रुहरुको चाप हुन्छ । त्यस्तै समयमा अमरुल मियाँ पनि बसमा चढे, जब यात्रु खचाखच भर्न थाले तब बसका सहचालकले मियाँलाई अझ भित्र जाउ, अझ भित्र जाउ भनेर बारम्बार भनिरहे । त्यसमा सबार मात्र मियाँलाई हैन अन्य यात्रुलाई पनि भित्र जानुस, भित्र जानुस, गेटमा जाम नगर्नुस भनेर सहचालक भन्नु स्वभाविक हो । यस्तैमा आक्रोसित भएका थिए अमरुल मियाँ पनि । जब अमरुल मियाँ बसबाट झरे, त्यतिबेला उनले बसका सहचालकलाई भने यस बसलाई दुईतल्ले बनाईहाल, अनि मान्छे अटाउँछ । यतिकैमा बसका सहचालकले पनि सँयमता अपनाएनन र मियाँले पनि सँयमता अपनाएनन र विवाद उग्र भएपछि कुटपिट गरिएयो । 

 

यसअघि महोत्तरीका हरिराम यादव उपर निर्घात कुटपिट भएको थियो । उनको न्यायको लागि समाजिक संजालदेखि संघीय सदनसम्म चौतर्फी आवाज उठेपनि जिम्मेबार निकायले एक्सन लिएको देखिएको छैन ।


यो पनि पढ्नुहोस् :

काठमान्डौंमा रौतहटका मियाँ निर्घात कुटिए !

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस