• २०७६ भदौ २ गते, सोमबार
०९:५९ pm

काठमान्डौंमा रौतहटका मियाँ निर्घात कुटिए !

आज मुस्लिम समुदायहरुले धुमधामका साथ ईद मनाइरहेका छन् । 

 

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लीम धर्मावलम्बीहरुको आस्थाको पर्व ईद मनाइरहँदा काठमान्डौंमा एकजनालाई निर्घात कुटपिट गरिएको छ । 

 


मँगलबार बेलुका काठमान्डौंको लखनखेलबाट धापाखेल जानेबाटोमा एक सार्वजनिक बसका सहचालकले प्रदेश नं. २ रौतहट घर भएका अमरुल मियाँलाई निर्घात कुटपिट गरिएको जनाइएको छ । बसका सहचालकसँग आपसी विवाद हुँदा उनलाई निर्घात कुटपिट गरिएको बुझिएको छ । 

 


मँगलबार बेलुका करिब ७ः३० बजेको समयमा अमरुल काम सकेर आफ्नो डेरातर्फ जान लागेका थिए । यद्यपी यस घटनाबारे ललितपुर प्रहरीले अनभिज्ञता जनाएका छन् । बसका सहचालकले कुटपिट गरेको बारे कुनै उजुरी वा निवेदन नआएको प्रहरीले जनाएको छ । 

 

कुटपिटबाट अमरुलको मुख र टाउँकोमा चोट लागेको हो । मियाँलाई कुटपिट किन गरेको भन्ने बारे जानकारी अझ प्राप्त भईनसकेको छ भने पीडितसँग सम्पर्क हुन सकेको छैन । उनलाई भाडाको विवाद वा अन्य कारणले आपसी विवाद हुँद कुटपिट गरेको हुन सक्ने बुझिएको छ ।  आज मुस्लिम समुदायहरुले धुमधामका साथ ईद मनाइरहेका छन् । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस