धनुषाको खजुरी माविमा एउटै हेडमास्टर छ- 'रामकिशोर यादव' 

विद्यालयका प्रअ यादवले अवकाश पाएको ४ महिनासम्म पनि बैंक खाता सँचालन गर्नु नै गैर कानुनी रहेको ठहर गरेको हो । 

२०७६ जेठ २१ मंगलबार
रति ८:४२ बजे
विनय कु. यादव, धनुषा

 

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरी उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापकलाई लिएर विवाद चलिरहँदा विद्यालयमा एक मात्र कानुनी प्रधानाध्यापक रहेको प्रष्टाइएको छ । 


विद्यालयका वर्तमान प्रधानाध्यापकको रुपमा नियुक्त भएका रामकिशोर यादव बाहेक विद्यालयमा अन्य कोही पनि प्रधानाध्यापक नभएको स्पष्टोक्ति दिइएको छ । यसअघि विभिन्न सँचारमाध्यममा एउटै विद्यालयमा दुई प्रधानाध्यापक भएको समाचार प्रकाशन प्रकाशित भएपछि प्रअ यादवले स्पष्टोक्ति दिएका छन् ।

 

मँगलबार साँझ न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्रधानाध्यापक रामकिशोर यादवले विद्यालयको लागि गाउँपालिकाले समेत आफूलाई प्रअको लागि सिफारिस गरेको तथा विद्यालय व्यवथापन समितिले समेत लिखित पत्र दिएको हुनाले कानुनी रुपमा आफूलाई प्रअको रुपमा नियुक्त गरिएको दाबी गरे । 

 

उनले भने, - "आफूलाई विद्यालयको प्रअ भनेर ठान्दै आएका सज्जन झालाई गाउँपालिकाको निर्णयबाट पनि प्रअबाट हटाएको छ । यहाँसम्म की विद्यालय व्यवस्थापन समितिले समेत उनलाई आर्थिक हिनामिना गरेको भन्दै प्रअबाट हटाएको बजाबतै पत्र नै काटिएको छ । जनकनन्दीनी गाउँपालिकाको कार्यालयले समेत उनलाई आर्थिक हिनामिना, विद्यालयमा समय नदिएको भन्दै हटाएको पत्र काटेकै हो । अब यसमा उनले आफूलाई हेडमास्टर भनेर दाबी गर्नु कतिको उचीत छ र ? "

 


भ्रष्टाचारीको आरोप लगाएर विद्यालयका शिक्षक सज्जन झालाई हटाइएपछि उनले उच्च अदालत जनकपुरमा निषेधाज्ञा जारी गर्न गाउँपालिका, विद्यालय व्यवस्थापन समिति उपर रिट दायर गरेपनि अदालतले उनको रिटलाई तत्कालै खारेज गरिदिएको हो । उच्च अदालतले वर्तमान प्रअ रामकिशोर यादवलाई हटाउनुपर्ने तथा सज्जन झालाई प्रअमा राख्नुपर्ने कुनै कारण नदेखिएको भन्दै रिट खारेज गरेको हो । 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनील मण्डलले निवर्तमान प्रअ भनिएको सज्जन झा विद्यालयको आर्थिक हिनामिना गरेको र स्टाफहरु समेत उनीसँग सन्तुष्ट नभएको भन्दै उनलाई प्रअबाट हटाएर कानुनी रुपमा रामकिशोर यादवलाई नियुक्त गरिएको जानकारी दिए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै अध्यक्ष मण्डलले भने , - "सज्जन झा विद्यालय व्यवस्थापन समिति, गाउँपालिका उपर प्रअ निर्णय बदरको माग गर्दै निषेधाज्ञाको लागि रिट दिएको थियो, तर अदालतले रिट नै खारेज गरिदिनु उनलाई स्वीकार नगर्नु प्रष्ट छ । विद्यालयमा एउटै प्रधानाध्यापक छ र उहाँ हुन रामकिशोर यादव । विद्यार्थी, अभिभावक समेतको पूर्ण सहमतिमा रामकिशोरजीलाई प्रअको रुपमा नियुक्त गरिएको छ ।" 

 

विभिन्न सँचारमाध्यममा गएर झाले आफू नै विद्यालयको हेडमास्टर भएको भनेर दाबी गर्दै आएका छन् भने गाउँपालिकाको अध्यक्ष अब्दुल बारिक शेख र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मण्डलद्धार हस्ताक्षरित पत्रमा रामकिशोर यादव मात्र विद्यालयको प्रअ रहेको र सज्जन झालाई विधिवत हटाइएको प्रष्ट लेखिएको छ । 

 

गत २०७४ पुस  ३ गतेमा अवकाश पाएका विद्यालयका पूर्व प्रअ राजेश्वर यादव र सज्जन झाको नाममा सँयुक्त खाता रहेको बेला पनि २०७४ बैशाख मसान्तसम्म चेकमा हस्ताक्षर गरी रकम निकासा गरेको आरोप लगाइएको छ । विद्यालयका प्रअ यादवले अवकाश पाएको ४ महिनासम्म पनि बैंक खाता सँचालन गर्नु नै गैर कानुनी रहेको ठहर गरेको हो । 

 


यस सन्दर्भमा विद्यालयका कर्मचारी एवम् विद्यार्थीका अभिभावकहरुले समेत नयाँ प्रअको रुपमा रामकिशोर यादवलाई मात्र स्वीकार गरिएको प्रतिक्रिया दिएका छन् । यस सन्दर्भमा शिक्षक सज्जन झासँग सम्पर्क हुन सकेन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७६ जेठ २१ मंगलबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus

} }