यी शिक्षक जसले ४ बर्षिया नावालिकालाई शौचालयमा थुनेर गरे यौन दुरव्यवहार !

४ बर्षिया नावालिकालाई यौन दुरव्यवहार गर्ने शिक्षकलाई कडा भन्दा कडा कार्यवाही गर्न सर्वत्र मांग उठेको छ।

२०७६ जेठ २० सोमबार
बेलुकी ६:०८ बजे
सँजय सहनी | रौतहट


न्यूज ब्यूरो, रौतहट ।  जिल्ला प्रहरी कार्यालय रौतहटले वाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको शिक्षकलाई आज सार्वजनिक गरेको छ।

 

 

पक्राउ परेका शिक्षक बौधीमाई न.पा. वडा नं.५ बंकुल स्थित डाईनामिक ईङ्गलिस वोडिङ्ग स्कुलमा कार्यरत स्थानीय कोपवा निवासी बस्कित राय यादवको नाति हवल्दार राय यादवको छोरा ३० बर्षिय मनेजर राय यादव रहेका छन। अभियुक्त यादवले गत जेठ १७ गते दिउँसो करिब १ बजेको समयमा सोही स्कुलको एलकेजी मा अध्ययनरत वर्ष ४ की नावालिकालाइ विद्यालयको महिला शौचालयमा लगी बालयौन दुरव्यावहार गरेका थिए।

 


 घटनाको सुचनापछि जेठ १९ गते आईतबार निज शिक्षक मनेजर राय यादवलाई ईलाका प्रहरी कार्यालय कोपवा रौतहटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएका थिए।  घटनाको प्रारम्भिक अनुसन्धानबाट निज अभियुक्तले बालयौन दुरुपोग गरेको खुल्न आएकोले थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 


४ बर्षिया नावालिकालाई यौन दुरव्यवहार गर्ने शिक्षकलाई कडा भन्दा कडा कार्यवाही गर्न सर्वत्र मांग उठेको छ। शिक्षा जस्तो मर्यादित पेशालाई कलंकित गर्ने नरपिशाचलाई कठोर सजाय नदिए आउने दिनमा यस्ता घटना दोहरिने अभिभावकहरुको आशंका रहेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७६ जेठ २० सोमबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus