• २०७६ असोज ६ गते, सोमबार

नेता फूलबाबुको पहलमा  घण्टाघर निर्माण हुँदै

जिल्लाको पहिचान दिने खालको बन्न लागेको घण्टाघर निर्माण कार्य सुरु भएपछि जनता हर्सित बनेका छन् ।


न्यूज ब्यूरो, रौतहट ।  रौतहटको इतिहासमा पहिलो चोटि मध्य बजार गरुडामा घन्टाघर बन्न लागेको छ ।

 

जिल्लाको निर्वाचन  क्षेत्र नं. ४ का प्रदेश सान्सद एव प्रदेश नं. २ को बिकास समिती सभापति अबुल कलाम अजादको पहलमा एक करोड ५५ लाखको लागतमा सो घन्टा घर निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको युवा नेता राजकुमार दासले बताएका छन ।

 


सो घन्टाघरको नाम  गरुडाका बिकास पुरुस सहिद मेथुर चौधरीको नामले मेथुर चौधरी घन्टाघर नामाकरन गरिने अर्का युवा नेता जयनाथ यादबले बताए ।  सो क्षेत्रमा मात्र होइन जिल्लाको समग्र बिकासको लागि अहोरात्र खट्दै र पहल गर्दै आएका सान्सद अबुल  कलामले गरुडामा घन्टा घर निर्माणका काम अधि बढाएपछि उनको प्रशंसा गरिएको छ । 

 

गरुडा बजारको बिच केन्द्रमै बन्न लागेको घन्टाघर युनिक हिसाबले डिजिटल बिदेशी ढाँचामा बन्ने बताइएको छ । एक बर्स भित्र निर्माण समपन्न हुने लक्ष्य राखेर बन्न लागेको घण्टाघरको निर्माण कार्य गुणस्तरिय हुने तथा यसमा कुनै प्रकारको दायाँबायाँ नहुने साँसद कलामले ठोकुवा समेत गरेका छन् ।


जिल्लाको पहिचान दिने खालको बन्न लागेको घण्टाघर निर्माण कार्य सुरु भएपछि जनता हर्सित बनेका छन् ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...