• २०७६ असार ४ गते, बुधबार
०२:३७ pm

अष्टाबक्र फाउन्डेसनको सफाई अभियान : महिलाले पनि उठाइन् झाडु !

यस क्षेत्रमा वातावरणीय दृष्टिकोणले नयाँ अनुभूति गर्न सकिने भएको छ ।

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयाका युवाहरुको समाजिक संस्था अष्टाबक्र फाउन्डेसनले सरसफाई अभियानलाई तीव्रता दिएका छन् ।

 

क्लिन मिर्चैया, ग्रीन मिर्चैयाको उद्देश्य बोकेर सफाई अभियानमा जुटेका युवाहरूलाई साथ दिन महिलाहरू पनि हात अघि बढाएकी छन् ।

 

सफाई अभियानलाई उचाई दिन सरसफाई कार्यक्रममा महिलाहरुलाई सहभागी गराई सचेतना तथा जनचेतना मूलक संदेश दिने गरिएको छ । विगत केही सप्ताहदेखि शुभारम्भ भएको महिला सहभागिता आज १७औं सप्ताहमा महिलाहरुले सानदार उपस्थिति जनाईन् ।

 

घर, आंगनदेखि लिएर बाहिरको सरसफाईमा समेत महिलाको महत्वपूर्ण भूमिका हुने गरेको र त्यस कुरालाई नै मध्यनजर गरेर सफाई अभियानमा महिला सहभागितालाई प्राथमिकतामा राखेको फाउन्डेसनका हरि पासवानले जनाए ।

 

फाउन्डेसनमा आवद्ध युवाहरू मिर्चैयासहित आसपासका क्षेत्रका साथै सार्वजनिक पाटी पौवा र धार्मिक तथा पौराणिक महत्व बोकेका नजिकका ठाउँहरुको सरसफाईमा जुटेका हुन् । उनीहरू सरसफाई तथा संरक्षणको आवश्यकता औल्याउँदै सप्ताहको हरेक शनिबार सामूहिक रुपमा सरसफाई गर्दै आएका छन् ।

 

यसअघि फाउन्डेसनले सरसफाई अभियान अन्तर्गत फोहोर व्यवस्थापनका लागि मिर्चैयास्थित साझा सलहेश चोकको सार्वजनिक ठाउँहरुमा डस्टविन राखेका थिए ।

 

युवा तथा महिलाहरू सरसफाईमा हात बढाएसँगै यस क्षेत्रमा वातावरणीय दृष्टिकोणले नयाँ अनुभूति गर्न सकिने भएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | Email : [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस