ट्रयाक्टरले ठक्कर दिँदा दुई बालक ठहरै !

ठक्कर दिएको ट्याक्टर इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको

२०७६ जेठ १७ शुक्रबार
रति ९:३४ बजे
सँजय सहनी | रौतहट
यो साँकेतिक तस्विर मात्र हो । यो घटनाको अरिजिनल तस्विर होईनन् ।


न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–१ भसेढवास्थित ट्याक्टरको ठक्करबाट २ बालकको मृत्यु भएको छ ।

 

 ना ६ त ३५६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का रामविलास ठाकुरको छोरा ८ वर्षीय छोटेलाल ठाकुर र सोही ठाँउका पनिलाल ठाकुरको छोरा १२ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

शुुक्रवार अपरान्ह लालबकैया नदीबाट बालुवा बोकेर तीव्र गतीमा आइरहेको उक्त ट्याक्टरले साइकलमा सवार दुुई बालकलाई पछाडीबाट ठक्कर दिँदा साइकल पछाडी बसेका ८ वर्षीय छोटेलाल ठाकुरको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक आमोद कुमार यादवले बताए ।

 


ठक्करबाट गम्भिर घाइते साइकलचालक १२ वर्षीय सन्तोष ठाकुरको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा शुक्रबार  ५ः३० बजे मृत्यु भएको यादवले जानकारी दिए । 


ठक्कर दिएको ट्याक्टर इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको र हालसम्म पहिचान हुन नसकेका ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा मेयर कप टी–२० क्रिकेट हुँदै, जित्नेलाई अढाई लाख रुपैयाँ पुरस्कार

  • २०७६ जेठ १७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरमा भोली शनिबारदेखि मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको ८ वटै जिल्लाका खेलाडीहरुले भाग

पूरा पढ्नुहोस्

Bureau Menus

} }