'जहाँ मधेशीको समस्या, त्यहाँ मधेशी आयोग' 

मधेशी समुदायको समस्या संकलन गरी निवारणको उपाय तर्फ अग्रसर हुने बताइएको छ । 

२०७६ जेठ १७ शुक्रबार
बिहान ११:३९ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोग गठनपछि प्रदेश नं. २ मा सक्रियता देखाएका आयोगका अध्यक्ष विजय कुमार दत्त अब प्रदेश नं. १ जाने भएका छन् ।

 


मधेशी समुदायको आन्तरिक समस्या र उनीहरुसँगको समस्या बारे परामर्श गर्न आयोगका अध्यक्ष डा. विजय कुमार दत्त शनिबार विराटनगर जाने भएका छन् । प्रदेश नं. २ मा ूमधेशी को समस्या र समाधानू विषयको अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेर अब प्रदेश  नं. १ को विराटनगरमा गर्ने कार्यक्रम तय भएको जनाइएको छ । 

 

अध्यक्ष डा. दत्त ले आफ्नो कार्यभार सम्हालेको दिन देखि दिनहुँ मधेशी समुदायका व्यक्ति तथा संस्थाहरु संग भेटघाट गरि उनीहरुको समस्या बारे जानकारी लिदै आएका छन् ।  सिमित स्रोत साधन र कर्मचारीको विचमा पनि मधेशी आयोग ले डा. दत्तको क्रियाशीलता, बौद्धिकता र लगनशीलताले गर्दा स्थापनाको केहि दिनमा आफ्नो कामको गति तिब्र पारेका छन् ।

 


"जहाँ समस्या : त्यहाँ मधेशी आयोग" भन्ने मुलमन्त्र का साथ् अगाडी बढ्दै यहि विचमा अध्यक्ष डा दत्तले आफै वारा र पर्सा पुगी त्यहाँका हावाहुरी पिडितहरु संग त्यहाँको समस्याको बारे जानकारी लिएर त्यहाँ को प्रमुख जिल्ला अधिकारीलाई समेत भेटदै  केहि समस्या हुन नदिन समेत सल्लाह दिएका छन् ।

 

 प्रदेश नं. १ पछि प्रदेश नं. ५ र ७ मा अध्यक्ष डा. दत्त गएर मधेशी समुदायको समस्या संकलन गरी निवारणको उपाय तर्फ अग्रसर हुने बताइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७६ जेठ १७ शुक्रबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus