• २०७६ असार ४ गते, बुधबार
०३:१८ pm

नगरपालिकाद्धारा सशस्त्र प्रहरीलाई 'वाटरगार्ड' 

नगरपालिकाप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे । 


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले सशस्त्र प्रहरी बल यदुकूहालाई वाटरगार्ड प्रदान गरेको छ । 

 


नगर सुरक्षा सहित ईलाका सुरक्षाको लागि सदैव खटिरहने सशस्त्र प्रहरी कार्यालयमा स्वच्छ खानेपानी हेतु शहिदनगर नगरपालिकाले पानी शुद्ध पार्ने वाटरगार्ड प्रदान गरेको हो । नगर प्रमुख उदय कुमार बरबरियाको विशेष उपस्थितिमा सशस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक किश्मान तामाँगलाई बाटरगार्ड प्रदान गरिएको हो । 

 


सो कार्यक्रममा बोल्दै नगर प्रमुख बरबरियाले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति महसुस गराउने सशस्त्र प्रहरी एवम् जवानहरु आर्फै पनि स्वस्थ्य रहनु तथा शारिरिक रुपमा तन्दुरुस्त रहनको लागि शुद्ध खानेपानी अति आवश्यक भएकोले नगरपालिकाद्धारा सर्वसहमतिले वाटरगार्ड प्रदान गरिएको बताए । 

 


शहिदनगरलाई हरेक दृष्टिकोणबाट सुरक्षार्थ खटने सशस्त्र प्रहरीलाई वाटरगार्ड प्रदान गर्दै आगामी दिनमा पनि यस्ता विभिन्न प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाए । वाटरगार्ड हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, उपमेयर शिला देवी कापर, विभिन्न वडाका वडाध्यक्ष, लेखा प्रमुख लोक बहादुर नेपाली, जनपद प्रहरीका प्रहरी नीरिक्षक भीम बहादुर खडका लगायत नगरपालिकाका अन्य कर्मचारीको सँयुक्त रोहबरमा उक्त वाटरगार्ड प्रदान गरिएको हो । 

 

वाटरगार्ड लिंदै सशस्त्र प्रहरी बलका प्रहरी नीरिक्षक किश्मान तामाँगले नगरपालिका कार्यालयले तथा नगर प्रमुख उदय कुमार बरबरियाले चाहेको बेलामा आवश्यक समाग्री तथा सहयोग गर्दै आएकोले नगरपालिकाप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस