गैर आवासीय मधेशी संघद्धारा रमदानको अवसरमा कत्तारमा 'ईफ्तार'

जनमत दो अधिकार लोू अब कि बार जनमत कि सरकार, जन जन कि नारा है, जनमत पार्टी मधेश कि सहारा है।

२०७६ जेठ १५ बुधबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, दोहा कत्तार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले रमदानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ।

 

 

एनआरएमए कतारले एशियन टाउन प्लाज़ा मॉल हाला रेस्टुरेन्टमा रोजा राख्नेहरुका लागि यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरेको छ। यसअघि पनि रमदानका अवसरमा एनआएएमएले विशेष कार्यक्रमको आयोजना गरेको थियो। 

 

 

इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कतारमा रहेका करिब एक सय मधेशीहरु कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा एनआरएमएका अन्तर्राष्ट्रीय सदस्य र कतारको अध्यक्ष शम्भुनाथ साहले रमदानको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरे। मधेशको पहिचान, धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएको रहेको साहले बताएका थिए।


यसैगरी अन्तर्राष्ट्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, मीडिया संयोजक शिव कुमार पाल, सदस्य अमिरी बाबु साह, सदस्य दिवाकर कुमार झा र सदस्य असघर अलिले पनि शुभकामना मन्त्वय राखेका थिए र नव गठित जनमत पार्टीको बारेमा बिस्तृत जानकारी दिएका थिए।


यसैगरी गैर आवासीय मधेश सँघ कतारको महासचिब जितेन्द्र कुमार महतो, प्रवक्ता चन्द्रबिर कुमार यादव, दोश्रो उपाध्यक्ष जगत लाल मण्डलले पनि शुभकामना मन्त्वय राखेका थिए र नव गठित जनमत पार्टीको बारेमा बिस्तृत जानकारी दिएका थिए।

 

गैर आवासीय मधेश सँघले मधेशका हरेक समुदायलाई जोड्ने काम गरेको छ। इफ्तारी कर्याक्रमको आयोजना गरेर मधेशका सबैको प्रतिनिधित्व संघले गरेको छ।


कार्यक्रममा सहभागी सदस्यहरुले भने ,- "यो कार्यक्रम देखावटी होइन। हामी मधेशका सबै संस्कृति र पहिचानलाई जोगाएर राख्न चाहान्छौ र मधेशीबीचको एकतालाई थप बलियो बनाउन चाहान्छौ। जनमत पार्टीको लहर परदेश मा गुञ्जियो - "जनमत दो अधिकार लोू अब कि बार जनमत कि सरकार, जन जन कि नारा है, जनमत पार्टी मधेश कि सहारा है।"

 


गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक एव पहिचानका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७६ जेठ १५ बुधबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus

} }