अरुण सिंघानीया हत्याको बहस पुनः सुरु 

रामानन्द चोक बम काण्डमा साह आजिवन काराबासको सजाय जिल्ला अदालतबाट पाएका छन् ।

२०७६ जेठ १५ बुधबार
बिहान ०८:३८ बजे
न्यूज ब्यूरो | नेपाल
फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम ।   सञ्चार उद्यमी अरुण सिंहानिया हत्या मुद्दाको जिल्ला अदालत धनुषामा वहस सुरु भएको छ । जनकपुर टुडे सञ्चार समुहका संस्थापक रहेका सिंघानियाको २०६६ साल फागुन १७ गते होलीको साँझ गोली हानी शिवचोकमा हत्या गरिएको थियो ।

 

 कानुन व्यवसायी विपिन झाले जनाए अनुसार मंगलवार सरकारी वकिल र अभियुक्त रामविनोद यादवको तर्फबाट वहस सकिएको छ ।वुधवार बहस सकिएपछि फैसला आउन सक्ने उनले जनाए । जनकपुर टुडे सञ्चार समुहका संस्थापक सिंघानियाको हत्यामा संलग्नहरु कानुनको दायरामा आइसकेको प्रहरीको कथन छ ।मुद्दाको अन्तिम वहस भइरहेको छ । 

 

जिल्ला अदालतको १ नम्बर इजलासका न्यायधिश राधाकृष्ण उप्रेतीको इजलासमा मुद्दाको वहस भइरहेको छ । सो मुद्दामा सञ्जय साह मुख्य अभियुक्त रहेका छन् ।उनी सहित अभियुक्तहरु रामविनोद यादव, चनरदिप यादव, मनक लामा लगायतका अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेका छन् ।

 


साहले वयान दिन अस्वीकार गरेका थिए ।उनी वयान दिन सहमत भएपछि काठमाण्डु कारागारबाट जनकपुर ल्याइएको थियो । लामाले अदालतमा वयानको क्रममा साहको योजनामा घटना गरेको बताएका थिए । चनरदिप यादवले पनि प्रहरी वयानमा साहको नाम उल्लेख गरेका थिए । तर साहले वयानमा आरोपलाई अस्वीकार गरेका हुन् । रामानन्द चोक बम काण्डमा साह आजिवन काराबासको सजाय जिल्ला अदालतबाट पाएका छन् ।

 


सो घटनामा ५ जनाको ज्यान जानुका साथै ३० जना भन्दा बढि घाइते भएका थिए । रामानन्द चोक बम काण्डमा साह मुछिए लगतै काठमाण्डुबाट भारतको राजधानी दिल्ली भागेका थिए । धनुषाका तत्कालिन प्रहरी उपरीक्षक(एसपी)उत्तमराज सुवेदी सहितको टिमले पक्राउ गरी ल्याएका थिए ।

 


त्यसपछि उनी सिंघानियाको हत्यामा समेत संलग्न रहेको प्रमाणहरु प्रहरीले फेला पारेपछि मुद्दा दर्ता गराएका थिए । साहमाथि अख्तियार र सम्पत्ती शुद्धिकरणको समेत मुद्दा रहेको छ ।उनी पहिलो पटक हातहतियार खरखजाना मुद्दामा २२ महिना सजाय पाएका थिए । आजको जनकपुर टुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७६ जेठ १५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus