• २०७६ असार ४ गते, बुधबार
०२:२७ pm

'मरिसक्यो ठानेर साथीहरुले छोडेर भागेपछि रातभरि छटपटाए'

दुर्घटनापछि उनका साथीहरुले झालाई देखेर भागेको उनले सुनाए ।


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको बीचमा एक जना युवक रातैभरि बेहोस परेर सडक पेटीमै छटपटाए । 

 

कमला नगरपालिका वडा नं. २ सराबे स्थित निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गरिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ३५ का रोशन झा मोटरसाईकल दुर्घटना भएपछि उनका साथीहरुले मरिसक्यो भनेर फँस्ने डरले छाडेर भागेको उनले बताएका छन् ।

 

विहानै खेततर्फ निस्केका स्थानीयहरुले झालाई सडक पेटीमा अलपत्र परेको देखेपछि तत्कालै प्रहरीलाई फोन गरेको थियो । सुरुमा झा मरिसकेको भनेर भनेपछि मानवताको हिसाबले स्थानीयहरुले नजिक गएर नियाल्दा उनको साँस भने चलिरहेको थियो । 


ज ४ प ३६७७ नम्बरको मोटरसाईकलमा सबार झा गएराती करिब १२ बजेतर्फ काम  सकेर जनकपुर जान लाग्दा मोटरसाईकल तीव्र गतिको कारण अनियन्त्रित भएर दुर्घटना भएको उनको कथन छ । दुर्घटनापछि उनका साथीहरुले झालाई देखेर भागेको उनले सुनाए ।

 

उनले भने, - "जब मोटरसाईकल चिप्लीयो, म सडक पेटीमा गएर ठोक्कीए, साथी आए र मलाई देखेर टाप कसे । त्यति बेला म बोल्न सक्ने थिएन, तर सुन्न सक्थे । साथीले छाडेर भागेपछि धेरै पीडा भयो । रातैभरि मलाई सडक पेटीमा कोई पनि देखेनन र अलपत्र परेर रातैभरि सडक पेटीमै छटपटाए ।"

 

प्रहरी कार्यालय तिनकौरियाबाट गएको प्रहरी टोलीले उनलाई उद्धार गरेका हुन् । उनलाई अनुहारमा गम्भिर चोट लागेको छ भने आँखा पूर्ण रुपले खोल्न सकेका छैनन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस