• २०७६ असार ४ गते, बुधबार
०२:५१ pm

प्रमिला काण्ड : हत्या की आत्महत्या ?

खजुरीमा प्रमिलाकैै घरमा कपडा पसल थापेका अनिल प्रमिलासँग साँठगाँठ बनाएका थिए ।

मृतक प्रमिला पण्डितको जीवन्त तस्विर ।


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. 4  खजुरीकी प्रमिला पण्डित गत बैशाख २८ गते जनकपुर स्थित आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परिन । 

 

जनकनन्दिनी गाउँपालिका वडा नं. ३  बस्ने महेन्द्र पण्डितकी अन्दाजी बर्ष १८ की छोरी प्रमिलालाई स्थानीय अनिल कामत (अनिल सर) ले आत्महत्या गर्न बाध्य बनाएको आरोप उनको परिवारजनले लगाएको छ । 

 

प्रमिलासँग पहिलेदेखि नै अनिल सम्बन्धमा रहेको भन्दै उनको परिवारजनले प्रमिलाले आत्महत्या नगरी उनलाई हत्या गरिएको आरोप लगाइएको छ । अनिलसँग बढी नजिक भएकी प्रमिलाकै डेरामा बारम्बार पुग्ने अनिल कामत (अनिल सर) प्रमिला पासो लगाएकै राती उनकै डेरामा सुतेको बताइएको छ । 

 

खजुरीमा प्रमिलाकैै घरमा कपडा पसल थापेका अनिल प्रमिलासँग साँठगाँठ बनाएका थिए । समाधारण स्वाभावकी प्रमिलाकी आमा हिरिया देवी पण्डितले आफ्नो छोरीसँग सम्बन्ध भएको र अनिलले नै उनलाई हत्या गरेको आरोप लगाएकी छन् ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विश्वकर्मचोक स्थित डेरा लिएर बस्दै आएकी प्रमिला गत बैशाख २८ गते राती आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् । उनको हातमा ब्लेडले काटिएको थियो । उनकी आमा हिरिया देवी पण्डितले बताईन । 

 

उनले भनिन, - "मेरी छोरी मरिसकेकी थिइन, त्यतिबेलासम्म मलाई अनिल सरले जानकारी दिएनन , मेरा छोराहरुलाई प्रमिलाको स्वास्थ्य खराब भएको र उसको उपचार गर्नुपर्छ भनेर मात्र भने । हामी पनि केही पैसा लिएर उनको उपचारको लागि खजुरीबाट जनकपुरको लागि रबाना भयौ । मेरा छोराहरु अगाडी मोटरसाईकलमा गए र मलाई अनिल सरले आफ्नो मोटरसाईकलमा राखेर जनकपुर लग्छु भनेर भन्नुभयो, गाउँबाट निस्किदा उनले मलाई बाईकबाट ओरालिएदिए, उनको शरिर कामिरहेको थियो, मलाई पनि शंका लाग्ने तर फेरी चढाएर लग्न थाल्यो । कपटौलमा गएर उनले मोटरसाईकल खराब भयो भनेर भन्नुभयो तर उनको मोटरसाईकल भने खराब थिएनन , तैपनि बहाना बनाए । मलाई झन डर लाग्न थाल्यो, फेरी देउरीमा गएर उनले बहाना बनाएर मलाई आरालिदिए , मलाई झन शंका लाग्यो, जब मेरो शरिर काम गर्न छाडे अनी त्यहाँका स्थानीयहरुले मलाई जनकपुर पठाउने निर्णय गरियो । अनिल सर मोटरसाईकल कत्तै छाडेर ट्रकमा चढेर आए, फेरी मलाई पनि लिएर गयो । जब म जनकपुर पुगे तब त्यहाँ प्रहरी र मान्छेहरुको भीड थियो । मैले सोध्दा प्रमिलालाई दुर्घटना भएको र अस्पतालमा उपचारको लागि लगिएको छ भनेर भने । जब अस्पताल पुगे मलाई विहानसम्म नै प्रमिलासँग भेट गर्न दिएन , मसँग भएको रुपैयाँ पनि अनिल सरले लिएर भागे । केही बेरमा प्रमिला झुण्डिर मरेको भनेर सुनाए, त्यसपछि के भयो मलाई थाहा भएन, जब होसमा आए अनि सबै कुरा थाहा भयो ।"

 

मृतक प्रमिलाकी जेठो दाईले आफूलाई अनिल सरले पहिले नै प्रमिला झुण्डिएर मरेको भनेर सुनाएका थिए तर आमालाई केही नहोस भनेर लुकाएका थियौं । जुन दिन घटना भयो बैशाख २८ गते प्रमिलाकी घरबेटी (घरपट्टी) पनि खजुरी आएकोे तथा अनिल र प्रमिलाकी घरबेटीले सँगै बियर खाएर निस्के । उनको घरबेटी पहिले नै निस्के भने अनिल पछि निस्के र जनकपुर गए । रातीमा प्रमिला झुण्डिएको अवस्थामा फेला परे । 

 

घटना भएलगत्तै अनिल कामत फरार छन् भने प्रहरीले यसको बारेमा अनुसन्धान थालेको हो । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएपसी) रामेश्वर कार्कीले पोष्टमार्टको रिपोर्ट सम्बन्धित ईलाका प्रहरी कार्यालयमा पुगेपछि केही भन्न सकिने बताए । उनले यस घटनाबारे प्रहरी सुक्ष्म अनुसन्धान थालेको बताए । 

 

परिवारजनकका अनुसार प्रमिलाकी आमाको नाममा रहेको सीमकार्ड अनिल कामत र अनिल कामतको नाममा रहेको सीम कार्ड प्रमिला प्रयोग गर्दै आएकी थिइन । प्रमिलाको घटना अघि अनिललाई मात्र फोन गएको अनिलले स्वयम बताएको उदृत गर्दै उनको दाईले बताए । 

 

प्रमिलाकी आमाका अनुसार, अनिल पनि जबरदस्ती गरेर कुनै कुनै बेला प्रमिलालाई जनकपुर लग्थे । आफू बसमा पठाउने भनेपनि उनले आफ्नै बाईकमा जान दिनु भनेर भन्थे । दबाब दिएर भएपनि प्रमिलालाई आफूसँगै अनिल जनकपुर लग्थे । नातामा छोराकै दर्जा दिएर प्रमिलाकी आमाले अनिलसँग व्यवहार गर्थिन । 

 

परिवारजनले प्रमिलाई न्याय देउ भनेर जनकपुरको विभिन्न ठाउँमा पर्चा पम्पलेट लगाएका छन् भने केही दिन अघि सिडिओ कार्यालयमा धर्ना समेत दिएको थियो । तर जिल्ला प्रशासन कार्यालय धनुषा र प्रहरीले समेत खासै चासो नलिएको उनीहरुको आरोप छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस