कमलामा तीव्र विकास, मेयर र अधिकृतद्धारा शिलान्यास  

वडामा विकास निर्माणको कार्यहरुको थालनी मात्र भएको भन्दै दुई महिनाभित्र अधिक भन्दा अधिक योजनाहरु सम्पन्न हुने

२०७६ जेठ १० शुक्रबार
बिहान १०:४३ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । विकास निर्माणमा एक वर्ष पछि परेका धनुषाको कमला नगरपालिकामा अहिले विकास निर्माणका कार्यहरु तीव्र पारिएको छ । 

 

नयाँ आर्थिक वर्षको लागि वार्षिक कार्ययोजना समय नजिक आउँदा विभिन्न कारणवंश स्थगित भएका विकास निर्माणका कार्यहरुलाई अहिले तीव्रता दिइएको हो । यसै क्रममा विहिबार कमला नगरपालिकाको वडा नं. २ सराबे टोलमा प्रथम पटक पिसिसी ढलानको शिलान्स गरिएको हो । 

 

कमला नगरपालिका वडा नं. २ बस्ने रामदेव मण्डलको घरदेखि मनोहर मण्डलको पोखरीसम्म १०० मिटरमा पिसिसि ढलानको विहिबार नगर प्रमुख राम उदगार गोईत र कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले सँयुक्त रुपमा शिलान्यास गरेका हुन् । १७ लाख रुपैयाँको लागत निर्माण भईरहेको उक्त पिसिसि ढलान सडक पूर्णतः गुणस्तरिय हुने बताईएको छ । 


उत्तः सडक निर्माणको लागि उपभोक्ता समिति गठन गरिएको हो । उपभोक्ता समितिले पनि ठेक्का मार्फत पिसिसी ढलान कार्य विहिबारदेखि शुभारम्भ गरेको हो । शिलान्यास कार्यक्रममा नगर प्रमुख गोईतले नगर विकासको लागी श्रीगणेश भएको बताए । 


सो क्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले कमला नगरपालिकामा विकास निर्माणको कार्यहरु तीव्र रुपमा भईरहेको भन्दै आगामी बजेटमा थप ठोस कार्य हुने प्रतिवद्धता जाहेर गरे । कमला नपा वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादवले वडामा विकास निर्माणको कार्यहरुको थालनी मात्र भएको भन्दै दुई महिनाभित्र अधिक भन्दा अधिक योजनाहरु सम्पन्न हुने बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७६ जेठ १० शुक्रबार

Bureau Menus