स्वर्णपदक विजेता अजित यादवलाई मुख्यमन्त्री राउतको ५ लाख ११ हजार

नेपालको इतिहासमै एथलेटिक्समा स्वर्णपदक जित्ने अजित पहिलो खेलाडी हुन् ।

२०७६ जेठ ८ बुधबार
दिउसो ४:३५ बजे
न्यूज ब्यूरो | नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । स्वर्णपदक विजेता अजित कुमार यादवलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नगदसहित पुरस्कृत गरेका छन् ।

 

चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पीयनशिप २०१९ का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले पाँच लाख एगारह हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । 

 

हङकङमा भएको ३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै यादव स्वर्ण पदक विजेता भएका हुन् । 

 

नेपालको इतिहासमै एथलेटिक्समा स्वर्णपदक जित्ने अजित पहिलो खेलाडी हुन् ।

 

यो पनि पढ्नुहोस् :

स्वर्ण पदक जितेका अजितलाई मधेश सरकारले ५ लाख रुपैयाँ पुरस्कार दिने 

मधेशीको नाम उच्च राखेको भन्दै यादव समाजद्धारा 'अजित' लाई सम्मान

स्वर्ण पदक विजेता अजितलाई मोटरसाईकल, मासिक ६० हजार पाउने

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ जेठ ८ बुधबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus

} }