मधेसको समस्या सामाधान नगरी देश समृद्ध हुनैसक्दैन  ः काङ्ग्रेस नेता सिंह 

एउटा फरक प्रसङ्गमा सिके राउत र उनको पार्टी राज्य द्वारा परिचालित भएकाले धेरै समय न टिक्ने उन्ले जिकिर  गरे । 

२०७६ जेठ ८ बुधबार
बिहान ०९:०० बजे
न्यूज ब्यूरो | नेपाल
Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले मधेसको समस्या सामाधान नगरी देश समृद्ध हुन नसक्ने बताएका  छन् ।


 
काठमाडौंको एउटा रिसर्च हाउसमा भएको विमर्श कार्यक्रममा बोल्दै नेता सिंहले देशलाई विकसित र समृद्ध बनाउनु छ भने  मधेसमा दशकौंदेखि रहेको समस्याहरु सरकारले तुरुन्तै सामाधान गर्नुको विकल्प नरहेको औल्याए । 

  
 मधेस को सबालमा सबै राजनिती पार्टी को दृश्य विभेदपूर्ण र उस्ता उस्तै रहेको उन्ले भने । सिंहले देशको  नेतृत्व गर्दै आएका राजनीतिक पार्टीहरुले मधेशलाई सधैं गुमराहमा राखेको र भोट बैंकको लागी मात्र प्रयोग गरेको कारण मधेश यस्तो जरजर अवस्थामा पुगेको बताए ।


 
मधेशप्रति ठुला राजनीतिक पार्टीहरुले यस्तै विभेदपूर्ण नीति अपनाईरहेको मुलुक र मधेश गरीबी रेखा भन्दा बाहिर आउन मुस्किल रहेको उनले बताए । नेपाली राजनीतिज्ञहरुले लगाएको दोषी चश्मा फेर्न आवश्यक रहेको औल्याए ।

 

एउटा फरक प्रसङ्गमा सिके राउत र उनको पार्टी राज्य द्वारा परिचालित भएकाले धेरै समय न टिक्ने उन्ले जिकिर  गरे । 

 उनले केही तथ्य, राख्दै आज भन्दा ३० बर्ष पहिले मधेशको स्थिति अहिलेको भन्दा राम्रो थियो ,  साक्षरता दरमा पनि काठमाडौं पछी मधेसकै जिल्लाहरुको थियो तर, अहिले हुम्ला र जुम्लाको भन्दा पनि तल झरेको छ, मधेस आन्दोलनको त्रासले १७ किलोमीटरको चौडाईमा  मध्य पहाडी लोकमार्ग लगायतका तीन ओटा सडकहरु बन्ने अवस्था पुगिसक्यो तर १ सय ६ बर्ष पुरानो हुलाकी राज्मार्ग अहिले सम्म न बनेको भन्दै दुःख व्यक्त गरे । 

  
 
सिंहले भने , यदि साँच्ची नै समृद्ध नेपाल बनाउनु छ भने  राज्य सँचालन र बिकाश दुबै समाबेशी बनाई अगाडि बढाउनुपर्छ र साथै बजेट छुट्याउदा जनसँख्यालाई ख्याल गरि मधेसमा अधिक्तम बजेट छुट्याउनु पर्ने हुन्छ । 

 

कार्यक्रममा सहभागिहरुको प्रश्नको जवाफ दिदै सिंहले मधेसका केही नेता साँसद र मन्त्री बन्दैमा र सरकारले सिके राउतहरुसँग वार्ता गर्दैमा मधेसको सम्स्या समाधान नहुने जीकिर गरे ।  मधेसको समास्या समाधान गर्न स्थाइ राज्य  सत्तामा मधेसीहरुको पहुँच  हुनैपर्ने दाबी उनले गरे । 

 

 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७६ जेठ ८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus

} }