प्रदेश नं. २ को नाम दिन नसक्नु सँस्कारहिनता : काँग्रेस 

मधेश एक स्वायत्त प्रदेश भन्नेहरु आठ जिल्लालाई नै मधेश मान्दा मधेश नामांकरण गर्न नसकिने

२०७६ जेठ ८ बुधबार
बिहान ०८:३८ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो,  जनकपुरधाम । सरकार गठन भएको १६ महिना बितिसक्दा समेत प्रदेश २ को नामांकरण नगरिएकोप्रति विपक्षी दलहरुले प्रदेश सरकारको कडा आलोचना गरेका छन् । आजको जनकपुर टुडेमा समाचार प्रकाशित भएको छ । 

 

विपक्षी दलका साँसदहरुले सरकारले प्रदेशको नामांकरण गर्न नसक्नुलाई ‘निकम्मापन’को संज्ञा दिएका हुन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेशको नामांकरण नगरी सरकारले संस्कारहिनता प्रस्तुत गरेको बताए ।


‘प्रदेश सरकार गठन भएको १६ महिना बितिसक्दा समेत सरकारले यसतर्फ कुनै ध्यान नदिएर संस्कारलाई बिर्सेको छ’ प्रदेशसभाको विशेष समयमा बोल्दै यादवले भने, “कुुनै पनि बच्चाको जन्म भएको ६ दिनभित्र न्वारण संस्कार गरी नाम राख्ने गरिएपनि यो सरकारले १६ महिनासम्म नाम राख्न नसक्नु संस्कारहिनताको पराकाष्ठा हो ।”

 

प्रदेशको नाम अगाडि २ नम्बरी लागिरहेपनि सरकारले यसतर्फ चासो नदिनु बिडम्बना भएको भन्दै उनले यसबारे आफूहरुसँग हालसम्म छलफल समेत गर्न नसकेको बताए । ‘हामीले नै पटक–पटक यो बिषयमा हामीसँग छलफल गर्नुस्, कुनै न कुनै निष्कर्ष निस्किन्छ भनेपनि सरकारले चासो लिएको छैन्’ उनले भने, ‘तर सरकारले संवेदना बुझन् सकेको छैन् ।’

 

आफूहरु प्रदेश २ लाई मिथिला–भोजपुरा नामांकरण गर्न चाहेको बताउँदै नेता यादवले मधेश प्रदेश आफूहरुलाई मान्य नहुने बताए । आन्दोलन गर्दा समग्र मधेश एक स्वायत्त प्रदेश भन्नेहरु आठ जिल्लालाई नै मधेश मान्दा मधेश नामांकरण गर्न नसकिने उनको तर्क छ ।


प्रदेशको नाम मिथिला–भोजपुरा नै राख्नुपर्ने बताउँदै उनले सरकारलाई केन्द्रीय सरकार झैं पहिचान नमेटाउन आग्रह गरे । ‘तपाईंहरु केन्द्रले मधेशको पहिचान मेटाउन खोज्यो, खसवादी बन्यो भनेर भनिरहनुभएको छ’ यादवले भने, ‘तर तपाईंहरु पनि त यहाँको पहिचान मेटाउन खोजिरहनुभएको छ, यसो नगर्नुस् ।’ उनले प्रदेशमा मिथिला र भोजपुरा सस्कृति र पहिचान भएकाले यो पहिचानलाई मेटाउन नपाइने बताए ।

 

प्रदेशको राजधानी जनकपुरधाम र भाषा मैथिली हुनुपर्ने आफूहरुको प्रस्ताव रहेकाले चाँडै प्रदेशको नामांकरण, स्थायी राजधानी घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए । यद्यपी मंगलबारको संसद बैठकमा बोल्दै सत्तासिन राजपाका सांसद बच्चालाल चौधरी र सुरिता कुमारी साहले मधेश प्रदेश नामांकरण गर्नुपर्ने बताए । 

 

सांसद साहले प्रदेशको सम्पर्क भाषा हिन्दी हुन सक्ने भएकाले भाषा हिन्दी राख्नुपर्ने बताइन् । उनले मधेश शब्दलाई जिवन्त राख्न पनि प्रदेशको नाम मधेश राख्न सुझाव दिइन् । जनकपुरटुडेमा समाचार छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७६ जेठ ८ बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus