घटना उपर घटना : सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या !

उनलाई छोरा नहुँदा परिवारिक तवरबाट विवाद हुँदै आएको थियो । 

२०७६ जेठ ७ मंगलबार
बेलुकी ६:५४ बजे
विनय यादव | सिरहा

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ । 

 

 

सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ बस्तीपुर बस्ने स्थानीय चन्देश्वर यादवकी अन्दाजी बर्ष २९ की श्रीमति रितु देवी यादवलाई घाँटी थिचेर हत्या गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दिउँसो ३ बजे नै घटना भएपनि प्रहरीलाई भने ४ः३० बजेतर्फ  मात्र जानकारी भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिएका छन् ।

 

घरकै एक सदस्यले रितुलाई आफ्नै घरमा मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराएको थियो । त्यसपछि स्थानीयहरुले पनि रितुलाई मृत अवस्थामा देखेपछि हल्ला मच्चिएको थियो भने स्थानीयहरुले नै प्रहरीलाई रितुको हत्या बारे जानकारी गराएको प्रहरीले जनाएको छ  ।

 

 

यता, उक्त घटनामा रितुका श्रीमान चन्देश्वर यादवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जनाए अनुसार रितुको हत्यामा उनको श्रीमानको संलग्नता हुन सक्ने भएकोले अनुसन्धानको लागि मात्र तत्कालै नियन्त्रणमा राखिएको हो । 

 

स्थानीयवासीका अनुसार, रितुले छोरा नजन्माएको कारण उनलाई घाँटी थिचेर हत्या गरेको हुन सक्ने छ । रितुको एक छोरी मात्र रहेकी छन् । उनलाई छोरा नहुँदा परिवारिक तवरबाट विवाद हुँदै आएको थियो । 

 

मृतकको शवलाई पोष्टमार्टमको लागि लहान स्थित रामकुमार शारडा उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ भने यस घटनाबारे अनुसन्धान तीव्र पारिएको डिएसपी खनालले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७६ जेठ ७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus