बिहेको मात्र ८ दिन थियो बाँकी, झुण्डिएको अवस्थामा फेला परेपछि टोल नै शोकमग्न !

विहेको एक साता अघि रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि शंका समेत उत्पन्न भएको छ । 

२०७६ जेठ ७ मंगलबार
बेलुकी ५:५४ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, महोत्तरी । विहेको मात्र ८ दिन बाँकी रहँदा महोत्तरीमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।


जिल्लाको भंगहा नगरपालिकाको वडा नं. ७ मेगनाथ गोर्हना निबासी जयनारयण महराको २२ वर्षीय छोरा सुबोध कुमार महरा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।


उनको घर भन्दा करिब ५ सय मिटर पश्चिमतर्फ मँगलबार विहानै त्यहाँ स्थित रहेको एक रुखमा झुण्डिएको अवस्थामा मृत भेटाएका छन् । मँगलबा(आज) विहानै  करिब ७ः०० बजेको समयमा स्थानीयहरुले झुण्डिएको देखेपछि तत्कालै प्रहरीलाई खवर गरेका थिए । घछनास्थलदेखि नजिकै रहेको एक बोर्डिंग स्कूलका विधार्थीहरुले महरा झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो । 


आउँदो जेठ १५ गते नै उनको विहेको तिथि तय भएको थियो । सोमबार राती उनको घरमा विहे अघि गरिने पूजापाठ समेत सरल र समान्य रुपले सम्पन्न भएको थियो । तर विहानै महरा नजिककै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि सिँगो टोल नै शोकमग्न भएको छ । 


यता, घरायसी विवादका कारण महराले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक राम केहि दिन याता मात्रै बैदेशिक रोजगारबाट घर फर्केका थिए भने उनको परिवारजनले सुबोधसँग कुनै प्रकारको भनाभन वा विवाद नरहेको प्रतिक्रिया दिएका छन् । 

 

मृतकको शव पोस्टमार्टमका लागि महोत्तरी जिल्ला अस्पतालमा राखिएको छ। घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहेको एक साता अघि रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि शंका समेत उत्पन्न भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७६ जेठ ७ मंगलबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus