'धनुषा र महोत्तरीको सार्वजनिक ठाउँमा शौंचालय बन्छ' : मुख्यमन्त्री राउत 

धनुषाको ९५ र महोत्तरीको ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण कार्य भइसकेको तथ्यांकहरुले देखाएको छ ।

२०७६ जेठ ७ मंगलबार
दिउसो २:१२ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री मो. लालबाबू राउतले धनुषा र महोत्तरीको सार्वजनिक ठाउँहरुमा शौंचालय बनाउने बताएका छन् । 


प्रदेशलाई खुल्ला दिशामुक्त बनाउनको लागि दुवै जिल्लामा रहेको सार्वजनिक स्थलहरुमा सार्वजनिक शौंचालय बनाउने जीकिर गरेका छन् । जनकपुरमा आयोजित खुल्ला दिशामुक्त अभियान सम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले दुईटै जिल्लालाई खुल्ला दिशामुक्त बनाउनको लागि प्रदेश सरकारको पहल तीव्र पारिएको जनाए । 


शौंचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताको लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गर्न तयार रहेको जनाउँदै उनले यसको लागि शौंचालयप्रतिको सोंच परिवर्तन आवश्यक रहेको जीकिर गरे । उनले भने, - "प्रदेशलाई शिघ्र नै खुल्ला दिशामुक्त घोषणा गर्नको लागि प्रदेश सरकार लागिपरेको छ , तपाईहरु जहाँ सार्वजनिक स्थलमा शौंचालय देख्नुहुन्न, हामीलाई जानकारी गराउनुस, सरकारको पहलमा त्यहाँ शौंचालय बनाइनेछ ।" 


धनुषा र महोत्तरी जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको कार्यशालामा उनले प्रदेशलाई खुला दिशामुक्त घोषणा गराउन अघि बढनको लागि आग्रह गरे । आफ्नो पालिकाभित्र रहेको सार्वजनिक स्थलहरुमा शौंचालय निर्माण गरी व्यवस्थित गर्न आग्रह मुख्यमन्त्री राउतले गरे । 

 

सम्पूर्ण प्रदेशबासीको महत्वपूर्ण अभिभारा खुला दिशामुक्त एवम् स्वच्छ बनाऔ, गाउँ शहर सारा भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश नं. २ ले आयोजना गरेको कार्यशालामा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियान अन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौंचालय निर्माण गर्न लागेको बताए ।


धनुषा र महोत्तरीका पालिका प्रमुखहरुले आउँदो असार १५ सम्म आफनो पालिकालाई खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। यसअघि खुल्ला दिशामुक्त अभियानको लागि विभिन्न गैर सरकारी संघ सँस्थाहरु सक्रिय भएपनि अन्तत सम्म नाम मात्रको खुल्ला दिशामुक्त घोषणा गरिएको हो । 

 

धनुषामा ९५ प्रतिशत घरधुरीमा शौंचालय निर्माण भएको दाबी गरिएपनि त्यो कागजी प्रतिवेदन अनुसार मात्र रहेको हो । धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपाििलका, विदेह नरपालिका, जनकनन्दीनि गाउँपालिका लगायतका पालिकाहरुमा ५० प्रतिशत पनि मात्र शौंचालय निर्माण भइनसकेको अवस्था छ । 

 

कमला नगरपालिकाको  वडा नं. २ लाई खुल्ला दिशामुक्त वडा घोषणा गरिएपनि ५० प्रतिशत बढी घरधुरीका स्थानीयहरुले खुल्ला ठाउँमा दिशा पिसाब गरिरहेको देखिएको छ । खुल्ला दिशामुक्त अभियानमा लागेका गैर सरकारी सँस्थाका प्रतिनीधिहरु नगरपालिका सहित पूर्व गाविसबाट समेत रकम झवाम्म पारेर असफलता दर्साएका हुन् ।

 

धनुषाको ९५ र महोत्तरीको ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण कार्य भइसकेको तथ्यांकहरुले देखाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ जेठ ७ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus

} }