ऐतिहासिक गढीमाई मन्दिर परिसरमा जानकी मन्दिरझैं विवाहमण्डप र धर्मशाला 

जनकपुरको जानकी मन्दिर जस्तै विवाह मण्डप र धर्मशाला देखिने

२०७६ जेठ ५ आइतबार
बिहान ०८:०२ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, बारा । मधेशकै ऐतिहासिक बाराको गढीमाई मन्दिर परिसरमा विवाहमण्डप एवम् धर्मशाला निर्माण हुने भएको छ । 

 


बाराको महागढिमाई नगरपालिका –१ को बरियारपुर स्थित रहेको प्रसिद्ध गढिमाई मन्दिर परिसरमा विवाह मण्डप र धर्मशाला निर्माणको लागि एक कार्यक्रमबीच शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । विवाहमण्डप र धर्मशाला बन्नेभएपछि गढीमाई मन्दिरमा लाग्ने विशाल मेला एवम् अन्य दिनको लागि पनि श्रद्धालुलाई सहजता प्रदान हुने विश्वास लिइएको छ । 

 


मधेश सरकारको सहयोगमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको शनिबार प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले एक कार्यक्रमको दौरान शिलान्यास गरेका हुन् ।  गढिमाई मन्दिरमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी धार्मिक पर्याटकलाई राती राख्नको लागि कमी रहेको पुर्वाधारलाई यसले पुरा गर्ने विश्वास गरिएको छ।

 

निर्माण कम्पनी भ्याली बाबु रत्न जेभी ललितपुरले २०७६ जेठ ३ गते दुई बर्ष भित्रमा निर्माण सम्पन्न गर्न मूल्य अभिबृद्धि कर सहित सात करोड ५९ लाख ७३ हजारमा ठेक्का स्वीकार गरेको भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जिनियर बिनोद कुमार यादवले बताए।

 

दुई तल्ले निर्माण गरिने विवाह मण्डप र धर्मशालामा दुबै तल्लामा गरि ५० वटाहरु कोठाहरु रहने यादवले बताए। २०७८ असार मसान्त भित्रमा निर्माण पुरा भए पछि जनकपुरको जानकी मन्दिर जस्तै विवाह मण्डप र धर्मशाला देखिने यादवले दाबी गरे।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश दुईमा धार्मिक पर्यटकहरुलाई भित्र्याउने उदेश्यका साथ प्रदेश सरकारले पुर्वाधार निर्माण गर्नमा विशेष प्राथमिकता दिएको बताए।

 

गढिमाई मन्दिरको साथ साथै प्रदेश दुईमा रहेको अन्य धार्मिक स्थारहरुको विकास गर्न त्यस स्थानमा कमी रहेको पुर्वाधार निर्माण गर्न कार्यमा प्रदेश सरकार लागेको मन्त्री सोनलले बताए।

 

प्रदेश नम्बर दुईमा धार्मिक पर्यटकहरुलाई भित्र्याएर ठुलो मात्रामा रोजगारी सृजना सकिने भए पनि त्यस अनुसार पहिला देखि लगानी नगरिएको गुनासो मन्त्री सोनलले गरे।कार्यक्रममा प्रदेश सभा सदस्य पारस साह, राजपाका जिल्ला अध्यक्ष अरुण सिँह, महमद समिर, प्रतिनिधी सभा सदस्य रामएकबाल मियाँ लगाएतकाहरुको उपस्थिती रहेका थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७६ जेठ ५ आइतबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus

} }