विद्यालय भवन शिलान्यासकै लागि दुई नेताबीच तनाव, झडपको सम्भावना !

प्रजिअ थापाले शिलान्य कार्यक्रमको दौरान कुनै पनि अप्रिय घटना नहुन दिनको लागि आफू तयार रहेको बताए । 

२०७६ जेठ ४ शनिबार
रति १०:०३ बजे
सँजय सहनी | रौतहट


न्यूज ब्यूरो, रौतहट । विद्यालय शिलान्यसकोे विषयलाई लिएर रौतहटको राजपुरको माहौल तातिएको छ । 


रौतहट क्षेत्र नं. २ को राजपुरमा विद्यालय भवन शिलान्यासको विषयलाई लिएर माहौल तातिएको हो ।  शिलान्यास कार्यक्रमलाई लिएर क्षेत्रका साँसद  एवम् पूर्वमन्त्री समेत रहेका अफताब आलम पक्षधर र समाजबादि पार्टीका युवा नेता एवम् चुनावमा निकटतम प्रतिद्वन्दी रहेका किरण साहका समर्थक बिच झडपको माहोल सृजना भएको स्रोतबाट खुल्न आएको हो ।

 

गत जेठ १ गते  राजपुर नगरपालिका स्थित रहेको जनता माध्यमिक विधालयमा नमुना विधालयको भवन शिलान्यास कार्यक्रममा दुई पक्ष नेपाली काँग्रेस र समाजवादी पार्टीका समर्थक बिच  विवाद भएको कारण सो शिलान्यास कार्य हालको लागि स्थगित गरिएको थियो ।

 

स्थगित भएको शिलान्यास कार्यक्रम आफूले गर्न पाउनुपर्ने अडान राख्दै आएका क्षेत्रका साँसद  आलमले बिना समझदारी  पुनः आइतबार शिलान्यासको मिति तोकेपछि समाजबादि पार्टीका समर्थकहरु तातेको स्थानीयले बताएका छन्। समाजबादी पक्षधर  समर्थकहरु बिना समझदारी शिलान्यास गरे मान्य नहुने र उक्त कार्यक्रम हुन नदिने भन्दै अडान लिएपछि राजपुरको माहोल झन तातेको हो ।

 

आफ्ना नेता साह र आफुहरुलाई बाइपास गरेको आरोप लगाउदै नेता किरण शाह पक्षधरका नेता कार्यकर्ता रुष्ट छन् ।  प्रधानमन्त्री ,शिक्षा मन्त्री वा विधालयका प्रधानाध्यापक, जग्गा दाता वा गैर राजनितीक निकायले  शिलान्यास गरे मात्र आफुहरुलाई मान्य हुने समाजवादी पक्षधरको कथन छ।

 

यता, बीना समझदारी शिलान्यास नहोस भन्न चाहने विद्यालयका प्रधानाध्यापक राम स्वार्थ सहनीलाई रातारात  नगरपालिकाले सरुवा गरेको साह पक्षको आरोप छ । साह पक्षले प्रधानाध्यापक सहनीलार्इ सरुवा गरि निमित सुर्या कान्त मिश्रालाई यत्रो ठुलो कार्यक्रमको जिम्मा दिनु सोभनिय नभएको बताए । 

 

 सरकारले विद्यालयको लागि  १ करोड ५० लाख बजेट बिनियोजन गरेको तर आलम पक्षले एक अर्ब बजेट आफुहरुले ल्याएको र शिलान्यास गर्न पाउनु पर्छ भन्दै जनतालाई ठगिरहेको नेता किरन साहले बताए । उता, साँसद आलम पक्षधरले शिलान्यास गर्न पाउनु पर्ने अडान छाडेका छैनन् । 

 

आफनो नेता  यस क्षेत्रको साँसद भएको र बजेट ल्याउन आफ्नो नेता आलमको  ठूलो योगदान भएको भन्दै काङ्ग्रेस पक्षधर कार्यकर्ताहरु शिलान्यास कार्यक्रमलाई मूर्तरुप दिएरै साँस लिने अडानमा छन् । नेपाली काँग्रेसका भातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष नौसाद आलमले आफुहरु जिल्लाका सुरक्षा निकाय लगाएत सरोकारवाला सम्पूर्णको आपसि समन्वय , समझदारी र आदेशले शिलान्यास कार्यक्रम गर्न लागेको बताए ।

 

आलमले मावि राजपुर फरदवालाई नमुना विधालय बनाउन केन्द्र सरकारले १ करोड ५० लाख बजेट बिनियोजन गरेको ,६७ प्रतिशत  केन्द्रिय र ३३ प्रतिशत विधालयले बेहोर्न सर्तमा सम्झौता भएको थियो । क्षेत्र नं. २ मा एक नमुना बिकास कार्य भैरहेकोले सबैको सहयोगको खाँचो रहेको बताए ।

 

यस सन्दर्भमा रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले शिलान्यास कार्यक्रम शान्तीपूर्ण रुपले समपन्न गराउन आफुहरु गम्भीर भएको बताए । पुर्व निर्धारित कार्यक्रमलाई विथोल्ने तर्फ कसैले नलागि सभ्यताको परिचय दिर्इ विकासको बाधक नबन्न प्रजिअ थापाले सबैमा आग्रह गरे।


दुईपक्षबीच तातिएको माहौलको सन्दर्भमा बोल्दै प्रजिअ थापाले शिलान्य कार्यक्रमको दौरान कुनै पनि अप्रिय घटना नहुन दिनको लागि आफू तयार रहेको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ जेठ ४ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus