• २०७६ असार ४ गते, बुधबार
०३:२३ pm

बुद्ध जयन्तीकै दिन लहानको राजदेवीमा बोकाबली, एकको मृत्यू सहित ४ बेहोस !

धार्मिक तथा पौराणिक महत्त्व बोकेका ढोढनामा अवस्थित राजदेवी पञ्चावती मन्दिरमा आज हजारौं पशुपक्षी बली चढाइएको छ ।

फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको लहानमा बोका बलिको क्रममा एक जनाको मृत्यू भएको छ भने ४ जना बेहोस भएका छन् ।

 

सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १७ ढोढना स्थित रहेको राजदेवी मन्दिरमा बोका बली दिने क्रममा बेहोस भई एक जनाको ज्यान गएको छ भने अन्य ४ जना बेहोस भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

 

 

मन्दिरमा बोकाबलीको लागि लाईनमा लागेको सिरहाको सुखिपुर नगरपालिका वडा नं. २ बस्ने बर्ष ४५ का बालगोपाल यादवको मृत्यू भएको प्रहरीले जनाएको छ । अत्यधिक गर्मीको कारण शरिरमा उर्जाको कमिले बेहोस भई मृत्यू भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

 

प्रत्येक वर्ष त्यहाँस्थित राजदेवी पञ्चावती देवी मन्दिरमा बोका बलि दिनको लागि ठुलो भीड लाग्दै आएको छ । बोका बलिको क्रममा लाईनमा बसेको क्रममै अत्यधिक गर्मीले गर्दा अन्य ४ जना बेहोस भएको तथा उनीहरुलाई समान्य उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ । 

 


धार्मिक तथा पौराणिक महत्त्व बोकेका ढोढनामा अवस्थित राजदेवी पञ्चावती मन्दिरमा आज हजारौं पशुपक्षी बली चढाइएको छ ।


बैशाख शुक्ल पूर्णिमाका दिन ठूलो भिडसहित मेला समेत लाग्ने गरेको छ । मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बली चढाउँन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाण्डौं बिराटनगर लगायत भारतको विभिन्न ठाउँबाट आएका हजारौं भक्तजनहरुको भीड् लाग्ने गर्छन् ।

 

सन्तान प्राप्ती, रोग नाश, कार्यसफलताका लागि भक्तजनहरुले लहान बजारदेखि नौ किलो मिटर उत्तरमा ३ विगाहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, हांस, परेवा र कुखुरा बलि चढाउने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बली चढाउँने चलन छ ।


 

स्थानीयवासिन्दाका अनुसार सो क्षेत्रमा जंगल परापूर्वकालदेखि नै थियो । गढिमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ ।

आज शान्तिको सन्देश प्रचार गर्दै २५६३ औं वुद्धजयन्ती मुलुकभर मनाइरहेको बेला अहिंसाको सन्देश बोकेको पूर्णिमा भएपनि वर्षमा एकदिन मात्र बलि चढाउंने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनहरुले पशु र पंक्षी बली दिने गरेको छ । 

 

मेला व्यवस्थापन समितिका सदस्य रामशरण चौधरीका अनुसार दश पुस्ताअघि त्यसक्षेत्रको जंगलमा जङगली जनावरहरुले दुख दिन थालेपछि धामी झाँक्रीलाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरि पूर्णिमाको दिन बली दिन भनेअनुसार यहाँ बली दिने परम्पराको किम्बदन्ती छ । 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस