सिरहा : सैनिक जवानलाई पोलमा बाँधेर निर्घात कुटपिट गर्दा मृत्यू !

जेठ १ गते ४ बजे छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७६ जेठ ३ शुक्रबार
बिहान १०:४९ बजे
विनय कु. यादव | सिरहा

न्यूज ब्यूरो, सिरहा । सिरहामा स्थानीयको कुटपिटबाट एक जना सैनिक जवानको मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं। ४ सोहपुर निवासी २२ वर्षीय अनिष कुमार सिंह उपर चोरी आरोपमा पोलमा बाँधेर कुटपिट भएपछि उनको मृत्यू भएको हो ।

 

सैनिक जवान सिंहकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आरोपमा विजुलीको पोलमा बाँधेर कुटपिट गरेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

 

बैशाख २८ गते शनिवार राती १२ बजे अधारभुत प्राथमिक विद्यालय पुर्व उतरमा रहेको कलबको घरस्थित विजुली पोलमा बाधिएर भएको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते ४ बजे छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

कुटपिटबाट मृत्यु भएको विरोधमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार स्थानीयहरुले सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए ।

 

सडक अबवरुद्धको साथ साथै प्रहरी समेत मुखदर्शक बनेको भन्दै ईलाका प्रहरी कार्यालय बरिषरपट्टीलाई समेत घेराबन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि जिल्लाबाट र ईलाकाबाट आएका प्रहरी र स्थानीय बिच ३ वुंदे छलफल भएर घेरावन्दी र सडक अवरोध खोलाइएको थियो ।

 

छलफल बुदांहरुमा मुखदर्शक बनेका प्रहरीलाई कर्वाही , दोषीलाई हदै सम्मको कवार्ही, तीन दिन भित्र अपराधीलाई पक्राउगरी कवार्ही अगाडी बढाउने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले जनाए ।

 

सखुवासभाको बरादल सैनिक जवान दरबन्दी रहेको र एक महिनाको विदामा घर आएका सिंहलाई चोरीको आरोप लगाएर कुटपिटबाट मृत्यु भएको घटना रहस्मय भएकोले सत्यतथ्य खोजबिन गरी कर्वाही गर्नका लागि सम्बन्धित निकायसँग अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७६ जेठ ३ शुक्रबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus

} }