क्षीरेश्वर नपामा महिलाहरुलाई डेढ महिने सिलाई कटाई तालिम

२०७६ बैशाख ३१ मंगलबार
रति ८:३४ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मँगलबारदेखि महिलाहरुको लागि ४५ दिने सिलाईकटाई तालिमको समुदघाटन गरिएको छ । 

 

नगरकी महिलाहरुलाई रोजगारी तथा सीप प्रदान गर्नको लागि समाजिक सँस्था दलित युवा सँजाल केन्द्र धनुषाको आयोजनामा मँगलबारदेखि डेढ महिने सिलाई कटाई तालिम सुरु भएको हो । उक्त तालिममा विभिन्न वडाकी ५० जना महिलाहरु सहभागीता जनाएकी छन् ।

 

स्थानीय स्तरमै बेरोजगार बसेकी महिलाहरुलाई आर्थिकोपार्जनको उदेश्यले तथा स्थानीय स्तरमै सीपमूलक कार्य गर्न सकोस भन्ने उदेश्यका साथ सिलाई कटाई तालिम सुरु गरिएको हो । दलित युवा सँजालका अध्यक्ष विशेश्वर मण्डलको अध्यक्षता एवम् नगरका मेयर योगेन्द्र पँजियारको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच उक्त तालिमलाई श्रीगणेश गरिएको हो । 

 

सो क्रममा मेयर पँजियारले सहभागी महिलाहरुले सिलाई कटाई सम्बन्धी तालिम लिएपछि बेरोजगार बस्नु नपर्ने तथा केही हदसम्म बेरोजगारी समेत न्यून हुने विश्वास जनाए । उनले भने पूर्ण रोजगारी नभएपनि स्थानीय स्तरमै लुगाफाटा, सिलाई सम्बन्धी कार्य गरेर भएपनि घर खर्च, परिवार खर्च जोहो गर्न सकिनेछ । 

 

तालिम पश्चात सहभागी महिलाहरुले सीप सिक्ने विश्वास जनाउँदै आगामी दिनमा नगरपालिकालाई रोजगारीको आँकडा बढाउन सहयोग गर्ने  बताए । सो उद्घाटन कार्यक्रममा सहभागीहरु सहित नगरपालिकाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । 


उदघाटन कार्यक्रमलाई सँजालका गुलाब मण्डलले उदघोष गरेका थिए भने डेढ महिनासम्म उचीत मण्डलले महिलाहरुलाई सिलाई कटाई सम्बन्धी प्रशिक्षण दिनेछन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशमा फेरी थपिए तीन नयाँ मन्त्री

  • २०७६ बैशाख ३१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । विहिबार एक समारोहबीच नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाइएको हो ।  मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका

पूरा पढ्नुहोस्

Bureau Menus