• २०७६ जेठ १३ गते, सोमबार
०६:५० pm

राष्ट्रपति भण्डारी जनकपुरको जानकी मन्दिरमा  !

उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मन्दिर, जानकी नवमी लगायतका विषयमा जानकारी गराउने छन् । 


न्यूज ब्यूरो, जनकपुरधाम । जानकी नवमीको अवसरमा पूजापाठ गर्नको लागि राष्ट्रपति विद्या देवी भण्डारी जनकपुरको जानकी मन्दिरमा आईपुगेकी छन् ।


प्रत्येक वर्ष लाग्ने सप्ताहव्यापी जानकी जन्मोत्सव अर्थात जानकी नवमीको अवसर पारेर राष्ट्रपति भण्डारीले जानकी मन्दिर दर्शनपूजाका लागि जानकी मन्दिर पुगेकी हुन् । विहान ९ बजे नै जनकपुर आईपुग्ने कार्यक्रम तय भएपनि विहान १० बजेमात्र जनकपुर पुगेकी हुन् । 


राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट संघिय प्रहरी ईकाई कार्यालयमा अवतरण गरेपछि  सोझै जानकी मन्दिरमा पुगेर पूजाआजामा भाग लिएकी छन् । मन्दिरमा भगवानको पूजापछि उनी केहि बेर मन्दिरको भित्री परिसरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मन्दिर, जानकी नवमी लगायतका विषयमा जानकारी गराउने छन् । 

 

प्रसाद ग्रहणपछि राष्ट्रपति भण्डारी बाहिरको परिसरमा आयोजित समारोहमा सम्मान र सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी बिहान करिब ११ः३० बजे राजधानी फर्किने बताईएको छ । 

 

 १२ बजे मन्दिरमा विशेष पुजा आरतीको कार्यक्रम रहेको र त्यसमा भारत र नेपालका विभिन्न स्थानहरुबाट आएका सन्तमहन्थहरुको सहभागिता रहने उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए ।


राष्ट्रपति आउने मार्गको सफाई जनकपुरधाम उपमहानगरपालिकाले राती नै प्रारम्भ गरेकोछ । सुरक्षाको कडा व्यवस्था गरिएको छ ।आईतवार राती मन्दिर भित्र र बाहिरको परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।


२०७४ सालको रामजानकी विवाहमहोत्सवमा पहिलो पटक राष्ट्रपति भण्डारी जानकी मन्दिर आएकी थिईन् । त्यो भ्रमणलाई तत्कालिन आन्दोलनकारीहरुले विरोध गर्दा दिनभरि जानकी मन्दिरको स्थिति तनावग्रस्त बनेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस