धुंवामुक्त रौतहट : शितलपुर बैरगनियावासीलाई निःशूल्क ग्यास सिलिण्डर र चुल्हो

ग्रामिण महिलाहरु निशुल्क ग्याँस तथा चुुल्हो पाएर अब ग्याँसमै खाना बनाउन पाएपछी हर्षित भएकी छिन ।

२०७६ बैशाख ३० सोमबार
बिहान ०८:४१ बजे
संजय सहनी, रौतहट


न्यूज ब्यूरो, रौतहट ।  रौतहट क्षेत्र नं. ३ लाई धुवा मुक्त बनाउने उदेश्यका साथ प्रत्येक घर घरमा ग्यास सिलिण्डर वितरण कार्य अगाडि बढेपछि स्थानीय हर्सित हुन थालेका छन ।

 

क्षेत्रका साँसद तथा नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले आफ्नो क्षेत्र धुवा (धुलो मुक्त होस ,चुल्होबाट खाना पकाउनाले हुने शारीरिक समस्या बाट मुक्त होस ,महिला दिदी बहिनीको समयको बचत होस भन्ने मुल उदेश्यका साथ ग्यास सिलिण्डर वितरण कार्यलाइ बिशेष प्राथमिकताका साथ अगाडि बढाएपछि स्थानीय हर्सित भएका हुन ।

 

आइतबार मात्रै क्षेत्र का ३ सय ७६ परिवारलाई ग्यास सिलिण्डर वितरण गरिएको छ । जिल्लाको पश्चिमीभेग मौलापुर  नगरपालिकाकाकि मेयर रिना साहको प्रमुख आतिथ्य तथा फतुुआ बिजयपुरकी उपमेयर कान्ती देवी महतोको विशिष्ट आतिथ्यमा  फतुआ बिजयपुर वडा नं. १ बरगिनिया टोलमा सयकडौलाई  ग्याँस तथा चुल्हो बितरण गरीएको हो ।

 


तराई मधेश जनयुुद्ध सहीद स्मृती प्रतिष्ठानको आयोजनामा कुल तिनसय ७६ परिवारलाई निशूल्क ग्याँस सिलिण्डर चुल्हो बितरण गरीएको वडा अध्यक्ष सञ्जय साहले बताएका छन ।

 

 चुनावी  घोषणापत्रमा क्षेत्रलाई धुुँवामुुक्त बनाउने

योजना अनुसार गरिब,दलित,बिप्पन,बर्गलाई बिषेश प्राथमिक्तामा राखी क्षेत्रका सान्सद साहको बिशेस पहल र योगदानले  ग्याँस सिलिण्डर चुुल्हो बितरण भईरहेको नेकपाका प्रदेश कमिटि सदस्य त्रिभुवन साहले बताए ।

 

रौतहट संसदिय निर्वाचन क्षेत्र ३ अन्तरगत मौलापुर,देवाही गोनाही,गरुडा,कटहरिया, फतुुआ बिजयपुर,कटहरिया,गुजरा नगरपालिकाका बिभिन्न वडाहरुमा बिभिन्न दातृ निकाय र संघ संस्थाको सहयोगमा हालसम्म झण्डै सातहजार परिवारलाई निशुुल्क ग्याँस तथा चुुल्हो बितरण गरीसकेको सांसद साहले जानकारी दिएका छन ।


सदियौं देखी दाउरामा खाना बनाउदै आएकी ग्रामिण महिलाहरु निशुल्क ग्याँस तथा चुुल्हो पाएर अब ग्याँसमै खाना बनाउन पाएपछी हर्षित भएकी छिन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रहेनन् न्यूज ब्यूरोका कार्यकारी सम्पादक पत्रकार यादव

  • २०७६ बैशाख ३० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको निधन भएको छ ।  आज मँगलबार विहान ३ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा धनुषाधाम नगरपालिका वडा

पूरा पढ्नुहोस्

Bureau Menus