भिभो आईपिएल : १ रनले हारे धोनी 

तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे।

२०७६ बैशाख ३० सोमबार
बिहान ०८:१२ बजे
न्यूज ब्यूरो | नेपाल
Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम । क्रिक्रेटका वादशाह एवम् सुपर ब्याट्सम्यान मानिएका महेन्द्र सिँह धोनीको कप्तानी टिम १ रनले पराजित भएका छन् । 


भारतमा सम्पन्न १२ औं संस्करणको आईपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । निकै रोमान्चक बनेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि चुम्यो।


रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो। हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

 

मुम्बईले जितका लागि चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो। तर जवाफ ब्याटिङ गरेको चेन्नईले लक्ष्य भेट्टाउन सकेन। पुरै २० ओभर ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो। तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे।


मुम्बईका लागि जसप्रित बुम्राले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा मात्र १४ रन दिएका थिए। त्यस्तै राहुल चहारले पनि १४ रन खर्चिएर एक विकेट लिएका थिए। चेन्नईका लागि सेन वाट्सनले ८० रन जोडे पनि जितका लागि पर्याप्त भएन। चेन्नईको लगातार विकेट झरिरहँदा पनि ओपनर वाट्सनले एकातर्फबाट पारी सम्हाल्दै टिमलाई अगाडि बढाएका थिए। तर वाट्सन अन्तिम ओभरमा रन आउट हुन पुगेका थिए।

 

मुम्बईले खेलमा सुरुआत राम्रो गरेको थियो। मुम्बईका लागि सबभन्दा धेरै रन किरन पोलार्डले बनाए। उनले नटआउट ४१ रन बनाए। त्यस्तै क्वान्टन डिककले २९ र इसान किसानले २३ रन बनाए। चेन्नईका दीपक चहारले एक्लैले तीन विकेट लिए। त्यस्तै इमरान ताहिर र शार्दुल ठाकुरलले दुई दुई विकेट लिए।


योसँगै मुम्बईले चौथो पटक उपाधि उचाल्दै आईपीएलमा सबैभन्दा धेरै उपाधि उचाल्ने टिम बनेको छ । चेन्नईले उपविजेतामा चित्त बुझाएको छ । चौथो पटक उपाधि उचालेको मुम्बईले यसअघि सन् २०१३, २०१५ र २०१७ मा जितेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७६ बैशाख ३० सोमबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus

} }