• २०७६ भदौ २ गते, सोमबार
१०:५१ pm

सबै मिलेर प्रदेशको विकासमा लाग्नुपर्छ : प्रमुख कायस्थ

वन तथा पर्यटनमन्त्री राम नरेश रायले उद्योगको विकास विना प्रदेश समृद्ध हुनै नसक्ने ठोकुवा गरे ।


न्यूज ब्यूरो, पर्सा ।  प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशको विकासमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

 


प्रदेश २ सरकार र निजी क्षेत्र सल्लाहकार समितिको दोश्रो दिन बिरगँजमा सम्पन्न बैठकमा उहाँले सो कुरा बताएका हुन। उनले एकैचोटी सबै क्षेत्रमा हात नहाली कुनै एक बिषयलाई प्राथमिकता दिई पहिलो चरणको विकास कार्यमा लाग्नुपर्ने सुझाव दिएका छन् ।

 


कार्यक्रममा मुख्यमन्त्री लाल बाबु राउतले सरकारी र निजी क्षेत्र मिलेर हातेमालो गरी विकासका कार्यमा सहयोग पुर्याउन सके विकासका लक्ष्यहरु पुरा हुने दावी गरे । यस्तै, उद्योग, वन तथा पर्यटनमन्त्री राम नरेश रायले उद्योगको विकास विना प्रदेश समृद्ध हुनै नसक्ने ठोकुवा गरे । उद्योगको विकासमा थप टेवा पुर्याउन एउटा समिति बनाएर जानुपर्ने धारणा समेत राखे ।

 

त्यस्तै, कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिका प्रमुख लाल किशोर साहले प्रदेश समृद्ध बनाउन कृषि र वनको विकासमा सबै केन्द्रित हुनुपर्ने बताएका छन् । २ दिन सम्म चलेको सो कार्यक्रममा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, निति आयोगका उपाध्यक्ष हरिवँश झा, विपक्षी दलका नेता राम सरोज यादव सहितको सहभागीता रहेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस