• २०७६ जेठ १३ गते, सोमबार
०७:२८ pm

जनकपुरमा बसले मोसा ठोक्दा एक युवकको मृत्यू  !

 प्रहरीले बसलाई नियन्त्रणमा राखेको छ भने बसका चालक फरार भएका छन् ।


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रामानन्दचोकमा बसले मोसा (मोटर साईकल) ठोक्दा एक जनाको मृत्यू भएको छ  ।


जनकपुरको रामानन्दचोक स्थित पिडारीचोकबाट जिरोमाईल तर्फ जाँदै गरेको ना ५ ख १५२० नम्बरको बसले पछाडीबाट ज १० प ६४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार धनुषाको जनकनन्दीनी गाउँपालिका फुलबरिया बस्ने बर्ष ४० का श्रीलाल यादवको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

मोटरसाइकलको पछाडि सवार  यादव बसको ठक्करबाट गम्भीर घार्इते भएका थिए । उनलाई तत्कालै नजिकै रहेको  जानकी हेल्थ केयर अस्पताल उपचारको लागि लगिएपनि अवस्था गम्भिर भएकोले विराटनगर लैजाने क्रममा सिरहा लहानको बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ । 


 छेउमा रोकिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको मोटरसाइकल चालक शिवलखन यादवले बताए ।  प्रहरीले बसलाई नियन्त्रणमा राखेको छ भने बसका चालक फरार भएका छन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस