धनुषामा रड प्रहारको घटना उग्र, राजपाका ७ पक्राउ  !

गाउँको चोकमा भण्डारीलाई देखेपछि अचानक गालीगलौज गर्दै रड प्रहार गर्यो ।

२०७६ बैशाख २५ बुधबार
बिहान ०९:२२ बजे
न्यूज ब्यूरो | नेपाल
Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका ८ मा रड प्रहार गरेको घटना झन उग्र रुप लिन थालेको छ । स्थानीय रामबहादुर भण्डारीमाथि वैशाख १५ गते रड प्रहार भयो । 

 

रड प्रहारबाट फुटेको टाउँकोमा १९ टाँका लागेको भण्डारी जनकपुर अंचल अस्पतालमा उपचार गराइरहेका छन् । रड प्रहार गरेको आरोपमा उनले जिल्ला प्रहरी कार्यालय धनुषामा सात जनामाथि उजुरी गरे । प्रहरीले उजुरीको आधारमा स्थानीय मनोज मण्डल, प्रदिप दास, सुदिश दास, राकेश मण्डल, सरोज मण्डल, बौएलाल मण्डल र बन्डुल मण्डल पक्राउ परेका छन् । उनीहरु पक्राउ परेपछि रड प्रहारबाट घाइते भण्डारीसहितका सात जनाविरुद्ध पनि उजुरी प्रहरीमा दिएको छ । 


स्रोतका अनुसार गल्ती गरेको र पक्राउ परेपछि फसाउन उजुरी हाल्दा प्रहरीले दर्ता गरेका छैन । तर गाउँमा भागाभाग मचेको छ ।

 

यस्तो छ विवादको कारण

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय जनकपुरले हंशपुर ८ स्थित बलुवा नदीमा तटबन्ध निर्माणका लागि उपभोक्ता गठन गरेको छ । स्थानीय सुदिप दासको अध्यक्षतामा गुपचुप उपभोक्ता समति बनाएर काम गराउन खोज्यो । यस विषयमा स्थानीय अन्य व्यक्ति अनभिज्ञ छन् ।

 

 वैशाख १३ गतेबाट काम सुरु भयो । १४ गते राति स्थानीय विशेश्वर मण्डलको करिब १७ आँपको रुख काट्यो । रुख कसले काट्यो कोही देख्न पाएनन् । पछि मण्डलले प्रहरीमा उजुरी गर्यो । त्यो कुरा तटबन्ध निर्माण समितिका अध्यक्ष सुदिसले दिउँसो थाहा पाए । लगत्तै समितिका सबैलाई लिएर मण्डलसँगै प्रहरी कार्यालय रामबहादुर भण्डारी पनि गएको भन्दै उनलाई खोज्न थाले । गाउँको चोकमा भण्डारीलाई देखेपछि अचानक गालीगलौज गर्दै रड प्रहार गर्यो ।


 त्यहाँ भएकाहरुले झगडा छुटायो र भण्डारीलाई तत्कालै जनकपुर ल्याएर अस्पतालमा भर्ना गर् यो । पीडितले गरेको उजुरीको आधारमा उपभोक्ता समितिका अध्यक्ष सुदिससहित सबै सदस्य पक्राउ परेका छन् । पक्राउ परेका सातै जना राष्ट्रिय जनता पार्टी (राजपा)का हुन् ।


 कुटिएका भण्डारी भने नेकपाका कार्यकर्ता हुन् । अब झगडा पार्टी–पार्टीबीच हुने भएको छ । आफ्ना कार्यकर्ता पक्राउ परेपछि राजपाका जिल्ला नेताहरु नेकपाका स्थानीय कार्यकर्तामाथि पनि उजुरी दर्ता गर्न प्रहरीलाई दबाब दिन थालेको बुझिएको छ ।

 

आफूहरुलाई पनि कुटेकोले उजुरी उनीहरुविरुद्ध पनि दर्ता हुनुपर्ने पक्राउ परेका पक्षको भनाई छ । वडाध्यक्ष जीवछ मण्डलले कसले रुख काट्यो र कसले रड प्रहार गर्यो भन्ने विषयमा आफूलाई केहि थाहा नभएको प्रतिक्रिया दिए ।

 

 उनले बलुवा नदीमा भइरहेको तटबन्ध निर्माणको उपभोक्ता समिति नै गलत ढंगले गठन गरिएको बताए । उनले भने, ‘उपभोक्ता समिति यहाँ आएर गठन हुनुपथ्र्यो । तर गुपचुप रुपमा भएको छ ।’ गलत ढंगले उपभोक्ता समिति गठन गरेर भ्रष्टाचार गर्न खोजेको र विरोध हुँदा आक्रमणमा राजपा कार्यकर्ता उत्रेको स्थानीयको आरोप छ । नेकपा नेता सुनिल कुमार यादबले राजपा कार्यकर्ताले उल्टै रुख काटेको र उजुरी गर्दा रडले हानेर भण्डारीलाई गम्भिर घाईते बनाएको आरोप लगाए ।

 

 उनले राजपाका नेताहरुले पक्राउ परेकाहरुलाई बचाउन कुटिएका भण्डारीसहित सात जनामाथि उजुरी हाल्ने प्रयास गरेको भन्दै यस विषयमा गम्भिर अनुसन्धान गरेर सत्यतथ्य बुझी अगाडी बढ्न प्रहरीलाई आग्रह गरे । उनले भण्डारीमाथि रड प्रहार गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने माग गरे । साथै अवैध ढंगले गठन गरिएको तटबन्ध निर्माण्को उपभोक्ता समिति पनि खारेज गर्न सम्बन्धित निकायसँग उनले माग गरेका छन् । आजको जनकपुर टुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७६ बैशाख २५ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus