• २०७६ जेठ १३ गते, सोमबार
०८:४१ pm

अब रौतहटको गरुडामा पनि एनआईसी बैंक

बैकको शाखा बिस्तारले गरुडा सहित आसपासका व्यापारी ,स्थानीय सर्वसाधारणलाइ आर्थिक कारोबार गर्न ठूलो सहयोग पुग्ने


न्यूज ब्यूरो, रौतहट ।  जनताको बिशवास र मन जित्न सफल  एन.आइ.सि एसिया बैकले रौतहटमा शाखा बिस्तार गरेको छ ।


मध्य बजार गरुडामा मङ्लबार एक भब्य कार्यक्रमका बिच जिल्लाको पाचौं शाखाको रुपमा  गरुडा कार्यालयको  उदघाटनको गरिएको  हो । बैंकका प्रदेश नं. २ का प्रादेशिक कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीको प्रमुख आतिथ्य तथा गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादव र उपमेयर रङगिला कुमारी जयसवालको बिशेस उपस्तिथिमा कार्यालयको उदघाट्न  गरिएको छ।

 

उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथी अधिकारीले बैकले सुरु देखि दिदै आएको सरल ,सुलभ र सहुलियत रुपमा बितिय सेवा प्रदान गर्न कुनै कमिकमजोरि नगर्ने बताए ।उहाँले शाखा सन्जाल ,पुजि सनरचना ,वासलातको आकार ,ग्राहक संख्याको आधारमा एनआइ सि एसियाले निजि क्षेत्रको अग्रनी र  उतकृस्ट बैक  भएको दाबी गरे ।

 

छोटो समयमा रौतहट सहित देश कै जनताको  मनमा बस्न सफल भएका छौ अझ प्रगाढ समबन्धको खाचो रहेको बताएका थिए।कार्यक्रममा बोल्दै मेयर इन्नु राय यादबले बैकको शाखा बिस्तारले गरुडा सहित आसपासका व्यापारी ,स्थानीय सर्वसाधारणलाइ आर्थिक कारोबार गर्न ठूलो सहयोग पुग्ने बताए ।

 

त्यसैगरि उपप्रमुख रङिला देबि जयसवालले बैकले आफ्नो शाखा बिस्तार गरेकोमा बधाई तथा सुभकामना दिदै बैकले सहुलियत ब्याजदरमा बिपन्न बर्ग लगायत ब्यापारीलाई  कर्जा ,कृसकलाई विशेष सेवा सुबिधा  ,महिलाको जीवन स्तर उकास्न  बितिय कारोबार बाट हुन सक्ने सहयोग हुने कुरामा प्रभाबकारि भुमिका निर्वाह गर्नु पर्ने बताएकी थिइन ।

 

गत २३ अगस्ट २०१८ देखि सेवा सुचारु गरेता पनि गरुडा शाखाको औपचारिक उदघाट्न आज  गरिएको शाखाका म्यानेजर सुशील थपलियाले बताए ।गौर ,बन्कुल ,चन्द्रनिगाहपुर ,सिमराभवानीपुर र गरुडा गरि पाचौं शाखा संचालनमा ल्याएको एनआईसिले छिटै  कटहरिया बजारमा आफनो अर्को छैठो साखा बिस्तार गर्ने सोच बनाएको थपलियाले जानकारि गराए ।


उनले गरुडा शाखामा १६०० ग्राहक रहेको बताउदै २१ करोड कर्जाको रुपमा  लगानि गरिएको बताएका थिए ।यो शाखा सङै बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २१७ भन्दा बढी  एटिएम, लगभग दुई दर्जन वटा एक्स्टेन्सन काउण्टर र १४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल बनाउन सफल भएको छ । 

 

कार्यक्रम मा रौतहटका चर्चित समाजसेवि धर्मनाथ जयसबाल,नेपाली काङ्ग्रेस रौतहटका युवा नेता प्रकाश सिह सहित सयकडौ बुधिजिबि ,ग्राहकको गरिमामाय उपस्थित रहेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

सँजय सहनी

संवाददाता

प्रदेश नं. २, रौतहट - नेपाल

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

प्रतिकृया दिनुहोस